राप्रपा(प्रजातान्त्रिक)मा पदाधिकारी मनोनीत


३० आश्विन २०७४, सोमबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) अध्यक्ष पशुपतिशम्शेर जवराले पदाधिकारी मनाेनयन गरेका छन् । उनले  दीपक बोहरालाई वरिष्ठ उपाध्यक्ष, दुर्गा श्रेष्ठ र केशरबहादुर विष्टलाई उपाध्यक्षमा मनोनयन  गरेकाे हो ।

rajapa prajatantrik

यस्तै महामन्त्रीमा राजाराम श्रेष्ठ तथा प्रवक्तामा प्रदीप उदय र किशोरबहादुर कार्कीलाई जिम्मेवारी दिएका छन् ।नवनियुक्त पदाधिकारीले आजै पदबहाली  गरेका छन् ।

कार्यक्रममा अध्यक्ष राणाले नवनियुक्त पदाधिकारीलाई स्वागत गर्दै आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा प्रजातान्त्रिक गठबन्धनलाई विजयी गराउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
उनले इतिहासमा पहिलोपटक लोकतान्त्रिक र वामपन्थी दुई धारमा राजनीतिक धु्रवीकरण भएको बताउँदै जनताको राजनीतिक अधिकारलाई प्रजातान्त्रिक धारले मात्र संरक्षण गर्न सक्ने विचार व्यक्त गरे  ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७