कतार विश्वकपका लागि स्टेडियम बनाउने नेपाली मजदुरले क्षतीपूर्ती पाउने


२० चैत्र २०७४, मंगलवार
katar 2

 

एजेन्सी: सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि स्टेडियम बनाउने विदेशी कामदारले क्षतीपूर्ती पाउने भएका छन् । आयोजक राष्ट्र कतारले विदेशी कामदारका लागि उक्त क्षतीपूर्ती दिने भएको हो ।

विश्वकप आयोजना गर्ने विषयमा पश्चिमा राष्ट्रहरुले कामदारमाथि श्रम शोषण गरेको आरोप लगाइरहेका छन् । यही आरोपका बीच कतारले कामदारलाई पचास लाख अमेरिकी डलर क्षतीपूर्ती स्वरुप दिने जनाएको छ ।

उक्त क्षेतीपूर्तीबाट नेपाल, भारत लगायतका दक्षिण एसियाली मुलुकका आप्रवासी कामदार लाभाविन्त हुनेछन् । विश्वकप आयोजना समितिका महासचिव हसन अल थवादीले विदेशी कामदारलाई क्षतीपूर्ती दिइने निर्णय भएको बताए ।

उनले आइतबार सबै विदेशी कामदार रोजगारीका लागि घर छोडेर आएको स्विकार समेत गरेका छन् । दुई बर्षको अवधीमा आयोजक राष्ट्र कतारले १ करोड २० लाख कतारी रियल (५.२ मिलियन डलर) कामदारलाई भुक्तानी दिइसक्ने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७