बेलायतमा कामदारहरुको न्यूनतम ज्याला वृद्धि


२१ चैत्र २०७४, बुधबार
UK Flag 1

 

लन्डन,चैत्र २१: बेलायत सरकारले कामदारहरुको न्यूनतम ज्याला वृद्धि गरेको छ । १ अप्रिलदेखि लागू हुने गरी ज्याला वृद्धि गरिएको हो ।

अब २५ वर्ष माथिका कामदारको न्यूनतम ज्याला प्रतिघण्टा ७ पाउण्ड ५० पेन्सबाट ७ पाउण्ड ८३ पेन्स बढाइएको छ जुन गत वर्षको तुलनामा ४ दशमलव ७ प्रतिशतले वृद्धि हो । यस घोषणाले पूर्णकालिन कामदारको वार्षिक आय करिब ६ सय पाउण्ड थपिने र कम्तीमा २० लाख कामदार लाभान्वित हुने अपेक्षा गरिएको छ ।UK Flag 1

२१ देखि २४ वर्ष उमेरकाले भने प्रतिघण्टा ७ पाउण्ड ३८ पेन्स पाउँनेछन् जुन यसअघि ७ पाउण्ड ५ पेन्स थियो । त्यसैगरी, १८ देखि २० वर्ष उमेरका कामदारलाई ५ पाउण्ड ६० पेन्सबाट ५ पाउण्ड ९० पेन्स वृद्धि गरिएको छ ।

अर्थमन्त्री फिलिप हमण्डले गत नोभेम्बरको अटम बजेटमा न्यूनतम ज्याला वृद्धि गर्ने घोषणा गरेका थिए । वर्तमान टोरी सरकारले सन् २०२५ सम्म प्रतिघण्टा ९ पाउण्ड बनाउने प्रतिज्ञा गरेको छ ।

‘आजदेखि लाखौं मानिसको खल्तीमा धेरै पाउण्ड हुनेछ र उनीहरुले आफूले कमाएको ज्यालाको धेरै अंश आफैसँग राख्न पाउनेछन् । ’, एक वक्तव्यमा ब्रिटिश अर्थमन्त्री हमण्डले भनेका छन्, ‘नेशनल लिभिङ वेज बढाएर, आयकर घटाएर साथै लगातार आठ वर्षसम्म इन्धनमा लगाइने कर स्थिर राखेर हामीले लाखौं मानिसको जीवनस्तर बढाएकाछौँ । आफ्नो तलब कसरी खर्च गर्ने भनेर उनीहरुलाई थप छनोट दिएका छौँ र सबैका लागि काम गर्ने अर्थतन्त्र बनाइरहेका छौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७