तस्बिरमा प्रधानमन्त्री ओलीको भारत भ्रमण : काठमाडौँदेखि दिल्लीकाे गतिविधिसम्म


२३ चैत्र २०७४, शुक्रबार
PM Kp oli and Narendra modi india Visit

तस्बिर : रासस/टुइटर
काठमाडौँ, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा छन् । प्रधानमन्त्रीमा निर्वा्चित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतका निस्क्एिका हुन् ।PM Kp oli and Narendra modi india Visit

प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको नियमित उडानबाट बिहान ९ बजे भारत प्रस्थान गएका हुन् । उनलाई बिदाइ गर्नका लागि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतम, उपमहासचिव विष्णु पौडेल, पूर्वसभामुख सुवास नेम्वाङ तथा विभिन्न मन्त्रालयका सचिवहरु पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली भारतको त्रिदिवसीय राजकीय भ्रमणका क्रममा नयाँदिल्लीमा पुगेका छन् । उनलाई इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र अर्थराज्यमन्त्री प्रताप शुक्लाले स्वागत गरे । नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत भरतकुमार रेग्मी र नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीलगायतले स्वागत गरे ।

प्रधानमन्त्री ओली र मोदीबीच डेढ घण्टा ‘एक्लाएक्लै भेटवार्ता’
भारतको तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र उनका समकक्षी नरेन्द्र मोदीबीच डेढ घण्टा एक्लाएक्लै भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास लोककल्याण मार्गमा शुक्रबार साँझ भेटवार्तामा भएको हो । प्रधानमन्त्री ओली मोदीलाई भेट्न परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, सल्लाहकार विष्णु रिमाल समेत नलिई रेसकोर्स गएका थिए ।

ओलीले शुक्रबार नै भारतीय उद्योगीहरुलाई सम्बोधन गर्दै नेपालमा लगानी गर्न आहृवान गरे । यस्तै प्रधानमन्त्री ओलीसँग भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले भेटवार्ता गरेका छन् । भेटमा पूर्वप्रधानमन्त्री मनमोहन सिंह लगायत पनि सहभागी थिए ।

यसैबीच नेपाली दूतावासले  शुक्रबारै  आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री ओलीले दिल्लीस्थित नेपालसमेत हेर्ने कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग छलफल तथा भेटवार्ता गरे ।

PM Kp oli and Narendra modi india Visit 4

PM Kp oli and Narendra modi india Visit 3

PM Kp oli india Visit 2

 

PM Kp oli and Narendra modi india Visit 5
तस्बिर : प्रधानमन्त्रीकाे माेदीकाे टुइटरबाट ।

PM Kp oli india Visit 8

 

Pm KP oli india visit 2
दिल्लीस्थित नेपाल समेत हेर्ने कुटनीतिक मिशनका प्रतिनिधिहरुको सम्मानमा नेपाली राजदुतावासले शुक्रबार साँझ आयोजना गरेको रात्री भोजमा सहभागी जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका धर्म पत्नी राधिका शाक्य । तस्वीर : रासस
Pm KP oli india visit 4
दिल्लीस्थित नेपाल समेत हेर्ने कुटनीतिक मिशनका प्रतिनिधिहरुको सम्मानमा नेपाली दुतावासले शुक्रबार साँझ आयोजना गरेको रात्रीभोजमा निम्त्याइएका कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिहरुसंग परिचय गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर : रासस

PM Kp oli india Visit 1

PM Kp oli india Visit 10

PM Kp oli india Visit 9

PM Kp oli india Visit 7

Pm oli in india 2इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंह प्रधानमन्त्री अाेलीलार्इ स्वागत गर्दे ।

pm Kp oli 1

 

pm Kp oli 2

 

Pm oli in india 3
इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र अर्थराज्यमन्त्री प्रताप शुक्ला प्रधानमन्त्री अाेलीलार्इ स्वागत गर्दे ।

Pm oli in india 1

Pm oli in india 1 1

Kp Oli India Visit 1
मित्रराष्ट्र भारतको तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार प्रस्थानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली ।

 

Kp Oli India Visit 2
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा प्रस्थानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्दै रक्षामन्त्री ईश्वर पोखरेललगायत ।
Kp Oli India Visit 3
प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र भारतको तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभिवादन गर्दै ।
Kp Oli India Visit 4
प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र भारतको तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभिवादन गर्दै ।
Kp Oli India Visit 5

मित्रराष्ट्र भारतको तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार प्रस्थानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली ।
Kp Oli India Visit 6
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मित्रराष्ट्र भारतको तीनदिने राजकीय भ्रमणका लागि प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले अर्पण गरेको सलामी ग्रहण गर्नुहुँदै ।
Kp Oli India Visit 7
मित्रराष्ट्र भारतको तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली ।
Kp Oli India Visit 8
प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा शुक्रबार प्रस्थान बिदाइ गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल, पूर्व सभामुख सुवास नेम्वाङ, उपाध्यक्ष वामदेव गौतमलगायत ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७