महिनावारीका बेला यौनसम्बन्ध ठीक ?


२४ चैत्र २०७४, शनिबार
sex 1

बीबीसी: दुनियाँभरका युवा युवतीमा किशोरावस्थामा प्रवेश गरेपछि यौन भावना जागृत हुन्छ यो धुव्रसत्य कुरा हो । त्यसमाथि युवतीमा आउने शारीरिक परिवर्तनका कारण पनि युवतीमा यसबारेमा कौतुहलता बढ्नु स्वभाविक हो । चाहे ग्रामिण भेगका युवती हुन् या शहरी भेगका सबै युवतीमा उमेर पुगेपछि यौनभावना जागृत हुन्छ नै । खासगरी यौनसम्पर्कका बेला दुखाई वा पीडा महसुस हुन्छ की हुदैन होला भनेर मनमा जिज्ञासा उठिरहेको हुन्छ ।sex 1

यो कुरा यौनशिक्षाबाट बुझ्न ,बुझाउन सकिने भएपनि कतिपय देश तथा समाजमा यौनका बारेमा खुलेर बोल्न लेख्न नपाइने भएका कारण त्यस्तो हुन सकिरहेको छैन् । तर आफ्ना दिदी, माइजु , काकी, आमा तथा छिमेकीको माध्यमबाट हामीले केही न केही रुपमा यौनशिक्षा लिइरहेका हुन्छौं ।

यौन सम्पर्कका बेला रगत आउँछ?

यो भय तथा जिज्ञासा पनि आम युवतीको मनमा खेलिरहेको हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । यतिमात्र नभएर यौनसम्बन्ध राखेपछि यौनजन्य संक्रमण तथा गर्भावस्था र प्रशव पीडाका बारेमा पनि युवतीहरुमा जिज्ञासा भइरहेको हुन्छ ।

महिनावारीका बेला यौनसम्बन्ध ठीक ?
२४ वर्षकी जेस नामकी युवती भन्छिन्–मलाई थाहा छैन् सेक्समा उदाशी तथा पीडाबाट कसरी बच्न सकिन्छ । मैलै सेक्सका बारेमा जे जति सुनेकी थिए त्यसले म खुब तनावमा रहने गर्दथे । यौनसम्पर्कका बेला पीडा हुन्छ भन्ने मैले सुनेको थिए ।

उनि अघि भन्छिन्मै-ले आफ्नो सेक्सपाटर्नर शिष्ट तथा सतर्कखालको चुने र सम्बन्ध बनाए र त्यसपछि थाहा पाएँ पाटर्नर ठीक भेटिए सेक्सका क्रममा पीडा हुन्छ भन्नु विल्कुल मिथ्या मात्र रहेछ । हनाह विटन यूट्युब च्यानलमा सेक्ससँग सम्बिन्धत सबै प्रश्न तथा जिज्ञासाहरुको बारेमा छलफल तथा कुराकानी गर्ने गर्दछिन् ।
यौनसम्पर्कका बेला हुने दुखाइका बारेमा उनको भनाई छ–कतिपय महिलाहरु यौनसम्पर्कका बेला पीडा भएको बताउँछन् यो सेक्सका कारण नभई ठीकसँग सेक्स गर्न नजानेर भएको हो ।

यदि पटक पटक शारीरिक सम्पर्कका बेला पीडा भइरहन्छ भने यो सामान्य अवस्था नभएको उनको भनाई छ । रोयल कलेज अफ आब्स्टिट्रिशन एण्ड गाइनोकोलोजिष्टकी प्रवक्ता स्वाति झा भन्छिन्– वजाइना मा दुखाई हुनुमा कण्डम तथा साबुन पनि कारण हुन सक्दछ । पीडा भएमा सेक्शुअल हेल्थ क्लिनिकमा सम्पर्क गर्नुपर्नेमा उनको जोड छ । अमेरीकामा गरिएको एक अध्ययनमा सहभागीहरुलाई यौनक्रियाका बेला किन कम सन्तुष्टि हुन्छ होला भनेर सोधिएको प्रश्नमा पुरुषहरुले पार्टनरको उदाशी र महिलाहरुले सेक्समा हुने दुखाइ कारण रहेको बताएका थिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७