सन्दीपले दिल्लीको पहिलो खेलमा मौका पाएन, को–को परे प्लेइङ ११ मा ?


२५ चैत्र २०७४, आईतवार
sandeepa Lamichhane dildil

काठमाडौं, २५ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल)मा नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले दिल्लीको डेयरडेभिल्सको पहिलो खेलमा मौका नपाउने भएका छन् । sandeep lamichane

शनिबार सुरु भएको आइपिएलमा दिल्लीले किंग्स इलेभेन पञ्जाबसँग खेल्न लागेको पहिलो खेलको प्लेइङमा ११ मा नपरेको हो । दिल्लीको खेल नेपाली समय अनुसार आइतबार साढे ४ बजे सुरु हुने किंग्स इलेभेन पञ्जावको मैदान मोहलीमा हुनेछ ।

दिल्लीले सार्वजनिक गरेको आइतबारको खेलका टिममा गौतम गम्भीर, कोलिन मुनरो, रिसव पन्त, श्रेयस ऐर, क्रिस मोरिस, विजय शंकर, ड्यानियल क्रिस्टियन, अमित मिश्रा, राहुल तेवाटिया, ट्रेन्ट बोल्ट र मोहम्मद सामी रहेका छन् ।

यसअघि दिल्ली डेयरडेभिल्सका प्रशिक्षक रिकी पोन्टिङले सन्दीप लामिछाने पहिलो रोजाइमा पर्ने सम्भावना रहेको बताएका थिए । सन्दीपलाई वैकल्पिक खेलाडीका रुपमा खरिद गरेपनि उल्लेखद गर्दै पोन्टिङले उनको लगनशिलता र मेहनतको खुलेर प्रशंसा गरेका थिए ।

आईपीएलमा पहिलो पटक यसवर्ष नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध भएका छन् । त्यसैले दिल्लीको खेल हुँदा सन्दीपले खेल्न पाउने वा नपाउने भन्ने विषय नेपाली क्रिकेटप्रेमीबीच चासो र चर्चामा रहने गरेको छ ।

याे पनि पढ्नुहाेस्
आइपीएल : हेर्नैपर्ने विश्वका १० खेलाडीको सूचीमा नेपालका सन्दिप लामिछाने पनि

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७