सलमान खान नेपाल आउने पक्का


२५ चैत्र २०७४, आईतवार
salman khan 1

काठमाडौं, २५ चैत । ‘नेपाल दबंग टुर’का लागि नेपाल आउन लागेको बलिउड नायक सलमान खान कालो हरिण मारेर जेल गएपछि अन्योता छाएको थियो । तर उनी शनिवार जोधपुर कोर्टले धरौटीमा रिहा गरेसँगै आइतबार उनको नेपाल दबंग टुरको नयाँ मिति घोषणा छ । salman khan 1
आयोजक संस्था ओडिसीले एक पत्र सार्वजनिक गर्दै सलमान जेठ १२ गते नेपाल आउने औपचारिक घोषणा गरेका हो ।

अब सलमानसहितको बलिउड स्टारसहित कार्यक्रमको लागि आउने पक्का भएको छ । आयोजकले ‘दबंग द टूर नेपाल’ का लागि टिकट बिक्री फेरि सुरु गरेको छ । भने उक्त पत्र ओडिसीले आफ्नो औपचारिक फेसबुक पेजमा राखेकोका छ ।

सलमानसँगै कार्यक्रममा नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावल नेपाल आउने पत्रमा उल्लेख छ ।

यस अघि सलमान फागुन २६ गते नेपाल आउने तय गरिएको थियो । तर उक्त समय नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएको भन्दै कार्यक्रम वैशाखको पहिलो साता हुने बताएको थियो ।

यता बिहीबार सलमानलाई दुई कालो हरिण सिकार गरेको आरोपमा जोधपुरको स्पेशल कोर्टले पाँच वर्षको जेल सजाय सुनाएको थियो ।

याे पनि पढ्नुहाेस्
सलमान जेल गए कति करोडमा डुब्ला बलिउड ?
सलमान जेल परेपछि खुसी भएकी यी नायिका छुट्दा दुःखी बनिन्
सलमानलाई भेट्न कैटरिना कैफलार्इ हतारो, सबैभन्दा पहिले पुगिन् गैलक्सी अर्पान्टमेण्ट

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७