उपाधि हात पार्न मन्टेस झापा र सशस्त्र प्रहरी भिड्दै


२५ चैत्र २०७४, आईतवार
PRadesh estariya

बेलबारी, २५ चैत । मोरङको केराबारी ९ देवीझोडामा जारी प्रदेश स्तरीय भलिवल प्रतियोगिताको फाईनल खेलमा वराहा सशस्त्र प्रहरी वल पकली र मन्टेस ओभरसिज प्रालि झापा भिड्ने भएको छ । PRadesh estariya

आईतवार भएको सेमीफाइनल खेलमा आयोजक पुर्वज्योति क्लवलाई पराजित गर्दै पकली फाईनलमा प्रवेश गरेको हो । आयोजकलाई सोझो सेटमा पराजित गरेको थियो । त्यसैगरी दोश्रो सेमीफाईनल खेलमा झापाले आदर्श युवा क्लव लक्ष्मीमार्गलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । पुर्व ज्योतिले आयोजना गरेको यस अघिको दुवैवटा प्रतियोगिताको विजेता सशस्त्र प्रहरी वल बनेको थियो ।

यस पटकको विजेता को बन्ला भन्ने दर्शकको निकै चासोको विषय बनेको छ । राष्ट्रिय खेलाडीहरु सम्मिलित मन्टेसले यस पटकको प्रतियोगिता जित्ने मन्टेश पक्षधर दर्शकको दावी छ । उता सशस्त्र प्रहरीले पनि काठमाण्डौबाट विभागिय टीमका खेलाडी मैदानमा उतार्ने तयारी रहेको बुझिएको छ । तसर्थ फाईनलमा पुगेका पकली र झापा बीचको खेल निकै प्रतिश्पधात्मक रहने अपेक्षा गरिएको खेल संयोजक नरबहादुर मगरले बताएका छन् ।

प्रतियोगिताको विजेतालाई नगद एक लाख एक हजार र उपविजेतालाई पैसठ्ठी हजार नगद पुरस्कार घोषणा गरिएको छ । कार्यक्रममा प्रतिनिधि सभाका सदस्य डा। शिवमाया तुम्वाहाम्फेको प्रमुख आतिथ्य रहने क्वलका अध्यक्ष गोविन्द बस्नेतले बताएका छन् । प्रतियोगिताको लागि स्थानीय सामुदायिक वन लगायत संघसंस्थाहरुले प्रायोजन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७