नाडा अटोमोबाइल्स एशोसियसनको अध्यक्षमा शम्भु दाहाल


२७ चैत्र २०७४, मंगलवार
नाडा अटोमोबाइल्स एशोसियसनको अध्यक्षमा शम्भु दाहाल

 

काठमाडौं २६ चैत, नाडा अटोमोबाइएल्स एशोसियशनअफ नेपालको अध्यक्षमा शम्भु दाहाल निर्वाचित भएका छन् । प्रतिस्पर्धी राम कँडेललाई भारी मतान्तरले पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् ।नाडा अटोमोबाइल्स एशोसियसनको अध्यक्षमा शम्भु दाहाल

दाहाल ६ सय ६० मतका साथ विजयी हुँदा कँडेलले ६८ मत मात्रै पाए । सिप्रदी ट्रेडिङ प्रालिका निर्देश रहेका दाहाल यसअघि नाडाको उपाध्यक्ष थिए । नाडाको सदस्यहरुमा दाहाल प्यानलले नै जित हात पारेको छ । नाडाको सदस्यहरुमा सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, अनुपकुमार बराल, कृष्णप्रसाद दुलाल, करणकुमार चौधरी, अभिक ज्योती, विक्रम सिंघानिया, नन्दकिशोर शाही र निलमणि पाठक, प्रकाश कपुरी, सुरज भट्टराई, दीपक अग्रवाल, मिलनबाबु मल्ल र पंकज अग्रवाल चुनिएका छन् ।sambhu dahal

नाडा अध्यक्षमा चुनिएपछि दाहालले सबै पक्षलाई समेटेर अटोमोबाइल क्षेत्रलाई थप समुन्नत र व्यवस्थित बनाउने बताए । अटो क्षेत्रलाई हेर्ने धारणामा परिवर्तन ल्याउने गरी काम गर्ने विषय उनले चुनावअघि नै उठाउँदै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७