चैत ३० देखि पुष्प मेला हुने


२८ चैत्र २०७४, बुधबार
Puspa mela

काठमाडौँ, २८ चैत  । पुष्प व्यवसायको विकास र विस्तारका लागि यही चैत ३० देखि आगामी वैशाख ३ सम्म यहाँ पुष्प प्रदर्शनी २०१८ हुने भएको छ ।Puspa mela

फाइल तस्बिर ।

फ्लोरिकल्चर एशोसिएशन नेपालले मंगलबार यहाँ गरेको पत्रकार सम्मेलनमा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ भृकुटीमण्डपमा मेला हुन लागेको जनाएको छ ।

मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सभा सम्मेलनका लागि प्रयोग गरिने कट फ्लावर, फूलको गानो, बीउबिजन, हरितगृह, कृषि औजारजस्ता सामग्री रहने छन् । मेलामा फूलका ८२ कक्ष रहने छन् ।

घरआँगन तथा बगैँचा सजाउन चाहनेहरुका लागि ज्ञान हासिल गर्न मेला उपयोगी हुने एशोसिएशनका अध्यक्ष कुमार कसैंजु श्रेष्ठले बताए । नेपालमा विसं २०११ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास र विस्तारसँगै काठमाडौँ उपत्यकामा मात्रै नभएर मोफसलमा पनि फैलँदो स्थितिमा छ ।

हाल ४१ जिल्लामा करीब ६७८ पुष्प व्यवसाय विस्तार भइसकेको छ । करीब १५३ हेक्टर क्षेत्रफलमा यसको खेती हुँदै आएको जनाइएको छ । अहिले यस व्यवसायमा ४३ हजारभन्दा बढी व्यक्ति सहभागी हुँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७