‘प्रेमचर्चाको कारण सिंगल छु’


२८ चैत्र २०७४, बुधबार
Malina Joshi Miss Nepal Actress

काठमाडौं, २८ चैत । पूर्व मिस नेपाल तथा नायिका मलिना जोशीको प्रेमसम्बन्धको कारण बढी चर्चामा आइन् । अभिनय भन्दा पनि प्रेमको कारण बेलाबखतमा चर्चामा आइरहेकी छिन् । तर उनले भने प्रेमचर्चा कै कारण सिंगल रहेको बताएकी छिन् ।Malina Joshi Miss Nepal Actress

मङ्गलवार मलिना चलचित्रको गीत सार्वजनिक कार्यक्रममा मिडियासामु आइन् । उनलाई सारुखसँगको सम्बन्धको विषयमा प्रश्न गरिएको थियो । तर मलिनाले आफूहरू प्रेममा रहेको कुरा स्वीकार नगरि भनिन्, ’हामी मिल्ने साथी हौ । बरु धेरै प्रेमको चर्चाको कारण म सिंगल छु ।’

सन् २०११ मा मिस नेपाल जितेसँगै मलिना चलचित्र क्षेत्रमा सक्रिय छिन् । करिब ६ वर्षको सिने करियरमा मलिनाको नाममा एउटा पनि हिट चलचित्र छैन । यो वर्ष उनी अभिनित तीन चलचित्र संरक्षण, लीला र रानी सुपर फ्लप भए ।

चलचित्र भन्दा पनि मलिना नायक अनुपबिक्रम शाहीसँगको प्रेमसम्बन्धको कारण बढी चर्चामा आइन् । भलै यी दुई एकअर्कासँग टाढा छन् । तर पछिल्ला दिनमा मलिना नायक सारुख ताम्राकारको प्रेममा रहेको चर्चा सुरु हुन थालेको छ ।

सम्बन्धमा नरहेको भनिए पनि चलचित्र रानीमा एकसाथ काम गरेका मलिना र सारुखको एकअर्कासँग निकै नजिक रहेको उनीहरूको तस्बिरले प्रस्ट पार्छ । सामाजिक सञ्जाल होस या कुनै कार्यक्रम प्राय मलिना र सारुखसँगै हुन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७