२२ वर्षीया शृङ्खला खतिवडाले जितिन ‘मिस नेपाल २०१८’को ताज (भिडियोसहित)


२८ चैत्र २०७४, बुधबार
Miss Nepal 2018 4
ld; g]kfn @)!* sL ljh]tf z[Gvnf vltj8f . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौं, २८ चैत । ‘मिस नेपाल २०१८’को ताज शृङ्खला खतिवडाले जितेकी छिन् । बुधबार अन्नपूर्ण होटेलमा भएको ग्राण्ड फिनालीमा प्रतिस्पर्धामा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल वल्र्ड’को उपाधि जितेकी हुन् । एक महिना लामो प्रशिक्षणपछि २५ प्रतिस्पर्धाीबाट छानिएका सात जना फाइनलिस्टबाट उनी छानिएका हुन् । अब उनले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

Miss Nepal 2018 4
मिस नेपाल २०१८ की विजेता शृन्खला खतिवडा । तस्बिर : रासस

 

प्रतिस्पर्धाका प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको–‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला  ?’ प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले ‘मिस नेपाल २०१८’को उपाधि जितेकी हुन् । उनलाई ‘मिस नेपाल वल्र्ड’ निकिता चण्डकले क्राउन पहिराइदिएकी थिइन् ।

sringkhala khatiwada
मिस नेपाल विजयी श्रृंखला खतिवडा ।

५ फिट ६ इञ्चकी शृङ्खलाले कलेज टपर हुन्। उनी पुल्चोक इन्जिनियरिङ कलेजमा आर्किटेक्टकी विद्यार्थी हुन्। लेखनमा पनि रुचि भएकी उनले आफ्नो पुस्तक प्रकाशन गर्ने लक्ष्य राखेकी छिन्। उनी आर्किटेक्ट बन्न चाहन्छिन्।

 यसैगरी  प्रिया सिग्देल मिस नेपाल अर्थ भइन्। उनलाई ‘मिस नेपाल अर्थ–२०१७’की विजेता रोजिना श्रेष्ठले क्राउन लगाइदिइन् । उनले ‘मिस अर्थ’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् भने नगद प्राप्त गरिन् । उनले नगद १ लाख पुरस्कार पनि प्राप्त गरिन् ।

Miss Nepal 2018 1
मिस नेपाल २०१८ की विजेता शृन्खला खतिवडालाई मिस नेपालको ताज लगाइ दिंदै पूर्व मिस नेपाल नितिका चाण्डक ।  

यस्तै  मिस नेपाल इन्टरनेसनको उपाधि रोनाली अमात्यले जितिन्। उनले एक लाख नगद पुरस्कार समेत जितिन् । साथै, उनले ‘मिस इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व समेत गर्नेछिन् ।

गत वर्ष पहिलोपटक घोषणा गरिएको ‘मिस नेपाल एसिया प्यासिफिक’ भने यो वर्ष प्रतियोगितामा समावेश गरिएन।

मनिता देवकोटालार्इ मिस नेपाल युनिभर्सको ताज
यो संस्करणदेखि थपिएकाे  मिस नेपाल युनिभर्सको ताज मनिता देवकोटाले  हात पारिन् । उनले  मिस युनिभर्स २०१७ मा पहिलोपटक नेपालको प्रतिनिधित्व गरेकी नग्मा श्रेष्ठले उक्त ताज मनितालाई पहिराइन्। उनलार्इ ‘मिस यूनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । साथमा, उनले नगद १ लाख नगद पनि प्राप्त गरिन् ।

हेर्नुहाेस् भिडियाे

काे-काे पुगेका थिए फाइनलमा ?

प्रतियाेगितकाे  सात  फाइनलिस्टमा  रोनाली अमात्य, मनिता देवकोटा , महिमा सिंह, सायरा लामा, शृङ्खला खतिवडा, प्रिया सिग्देल, आश्मा ढुंगाना पुगेका थिए । यसअघि निर्णायकले छानेका १४ र वाइल्ड कार्डमार्फत १ जनाको इन्ट्री भएको थियो। एसएमएसमार्फत सर्वाधिक भोट पाउनेले उत्कृष्ट १५ मा ठाउँ पाएको हो।

Miss Nepal 2018 2
मिस नेपाल वल्र्ड २०१८ की विजेता शृन्खला खतिवडा, मिस नेपाल यूनिभर्शल मनिता देवकोटा, मिस नेपाल अर्थ प्रिया सिग्देल, मिस नेपाल इन्टरनेशनल रोनाली अमात्य । 

सर्वानी पाण्डे, सुस्मिता सापकोटा, लक्ष्मी पौडेल, आस्था शाख, सायरा लामा, श्रृष्टी कार्की, आश्मा ढुङ्गाना, सुभेच्छा श्रेष्ठ, श्रृङ्खला खतिवडा, प्रिया सिग्देल, महिमा सिंह, मेघा श्रेष्ठ, रोनाली अमात्य, ज्योत्स्ना क्षेत्री निर्णायकको निर्णायकको आधारमा उत्कृष्ट १४ मा छानिएका थिए। त्यस्तै सन्ध्या अधिकारीले वाइल्ड कार्डमार्फत इन्ट्री पाएकी थिइन्।

द हिडेन ट्रेजरले आयोजना गरेको यस बर्षको ‘मिस नेपाल २०१८’मा सुनिल शाक्य, भावना घिमिरे, रविन्द्र मिश्र, अशिष्मा नकर्मी, श्रीहर राना, प्रतिष्ठा अमात्य बिष्ट, दीपक बिष्ट, निकिता पौडेल, इभाना मानन्धर र राजुविक्रम शाह निर्णायकको रुपमा रहेका थिए ।

टाइटल अवार्डका विजेताहरुको नामाबली यसप्रकार छः
ब्यूटिफूल हेयरः श्रृङ्खला खतिवडा
मिस फ्रेन्डसिपः साहारा लामा
मिस फोटोजेनिकः महिमा सिंह
मिस पक्चुअलः लक्ष्मी पौडेल
मिस इन्टेलेक्चुअलः आश्मा ढुंगाना
मिस बेष्ट ऐथ्लिटः मेघा श्रेष्ठ
मिस कन्फिडेन्टः आस्था साख
मिस फ्याशिनोः श्रृङ्खला खतिवडा
मिस ग्ल्यामरः मनिता देवकोटा
मिस पपुलर च्वाइसः सन्ध्या अधिकारी
मिस ट्यालेन्टः रोनाली अमात्य
ब्यूटी विथ द प्रपोजः प्रिया सिग्देल

एक सुन्दरी स्टेजमै ढलिन्
प्रतियोगिता आयोजना भइरहँदा एक सुन्दरी स्टेजमै ढलेकी छिन्। प्रस्तोताले मिस नेपालका सेमिफाइनलिस्ट अर्थात् टप १५ को घोषणा गरिरहँदा ज्योत्सना क्षेत्री ढलेकी हुन्।jotsana shrestha

उनलाई प्रस्तोतासहित अन्य प्रतियोगीहरुले स्टेजबाट बाहिर लगेका थिए। तर उनी केही समयमा नै फिट भइ फर्किइन्। उनी टप १५ मा पर्न सफल भइन्। पोखराकी २४ वर्षीया ज्योत्सना क्षेत्री पेशाले नर्स हुन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७