गाडीमा गीत बजाउँदै हुनुहुन्छ ? अब पैसा तिर्नुपर्छ


२९ चैत्र २०७४, बिहीबार
royalti

काठमाडौं, २९ चैत : सवारी साधनमा थर्काएर गीत धन्काईरहनु भएको छ ? ख्याल राख्नुस् अब सवारीसाधनमा सित्तैमा गीत बजाउन नपाइने भएको छ ।royalti

सरकारले सार्वजनिक यातायातमा गीत बजाए वापत अनिवार्य रुपमा संगीत रोयल्टी तिर्नुपर्ने व्यवस्था लागू गरेको छ । गत आइतबार यातायात व्यवस्था विभागले नयाँ निर्देशिका जारी गर्दै सार्वजनिक सवारी साधनमा यस्तो व्यवस्था लागू गरेको हो । यातायात व्यवस्था विभागले गत आइतबार जारी गरेको नयाँ निर्देशिकाअनुसार सार्वजनिक सवारी साधनले अनिवार्य रुपमा संगीत रोयल्टी चुक्ता गरेको हुनुपर्नेछ । संगीत रोयल्टी बुझाउने सवारी साधनले चुक्ता नगरेमा सवारी साधनको रुट इजाजत र रुट हेरफेर गर्न नसकिने व्यवस्था रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

प्रतिलिपि ऐन २०५९ अनुसार उक्त नियम सरकारीस्तरबाटै लागू गरिएको संगीत रोयल्टी संकलन समाज नेपालले बताएको छ । यसअघि कुनै पनि सवारी साधनले गीत बजाए वापत कुनै शुल्क तिर्ने गरेका थिएनन् । रोयल्टी चुक्ता गरेको प्रमाणपत्र अनिवार्य पेश गर्ने नियम लागू गरेपछि सांगीतिक क्षेत्रका स्रष्टा, सर्जकले आफ्नो वौद्धिक सम्पत्ति प्रयोग भएबापत पाउने पारिश्रमिकको ग्यारेन्टी भएको विभागको भनाइ छ । प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार सार्वजनिक सवारी साधनमा गीत बजाए वापत रोयल्टी सङ्कलन गरिएको समाजका महासचिव महेश खड्काले बताए ।

यसरी लिने रोयल्टी प्रमाणपत्र

यातायात व्यवस्था विभागअन्तर्गत रहेका यातायात व्यवस्था कार्यालय र अन्य स्थानमा गरी देशभरमा जम्मा ३१ स्थानबाट संगीत रोयल्टीको प्रमाणपत्र लिन सकिने व्यवस्था रहको समाजले बताएको छ । यातायात व्यवस्था विभागअन्तर्गत नेपालका ७ वटै प्रदेश (तत्कालीन अञ्चल) मा रहेका यातायात व्यवस्था कार्यालयबाट पनि संगीत रोयल्टीको प्रमाणपत्र लिन सकिने छ ।

सवारीको प्रकारअनुसार तोकिएको शुल्क बुझाएपछि प्रमाणपत्र पाइने र वार्षिक रुपमा प्रमाणपत्र नवीकरण गराउँदा तोकिएको रोयल्टी सम्बन्धित कार्यालयमा बुझाउनुपर्नेछ । सार्वजनिक यातायातमा संगीत रोयल्टी प्रमाणपत्र अनिवार्य गरेपछि विभिन्न प्रकारका गरी दैनिक १५० वटा सार्वजनिक सवारीले संगीत बजाउने अनुमतिका लागि प्रमाणपत्र लिएको समाजका महासचिव खड्काले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७