को हुन् मिस नेपाल श्रृंखला खतिवडा ? यस्ता छन् उनका रुची


२९ चैत्र २०७४, बिहीबार
Miss Nepal 2018 4
ld; g]kfn @)!* sL ljh]tf z[Gvnf vltj8f . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौं, २९ चैत : अन्तिम प्रतिष्पर्धामा २४ प्रतिष्पर्धीलाई पछि पार्दै श्रृंखला खतिवडाले मिस नेपाल–२०१८ को ताज जितेसँगै उनको चर्चा देश–विदेशमा शुरु भएको छ ।Miss Nepal 2018 3

हेटौडा स्थायी घर भएकी २२ वर्षीया श्रृंखला खतिवडाले यस वर्षको मिस नेपालको उपाधि जितेपछि उनको रुप र खुबीको विभिन्न कोणबाट चर्चा भइरहेको छ । प्रमुख निर्णायक गोविन्द गजुरेलको ‘समृद्ध नेपाल, सुखी नेपालीका लागि आवश्यक तीन चिज के हुन्’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिंदं उनले उपाधि जितेकी हुन् ।shrinkhalaबुधबार साँझ काठमाडौँको होटल अन्नपूर्णमा भएको अन्तिम प्रतिष्पर्धामा २४ प्रतिष्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको ताज जितेकी पहिरिएकी हुन् । मिस नेपाल विजेता इन्जिनरिङकी विद्यार्थी हुन् । उनी राजनीतिक परिवारबाट आएकी हुन् ।24068044 10211931611028523 8193216880363603526 n

उनी मकवानपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभामा चुनिएका एमाले सासंद विरोध खतिवडाकी छोरी हुन् । त्यस्तै उनकी आमा मुनु सिग्देल नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्ष हुन् ।मुनु५ फिट ६ इञ्चकी श्रृंखला कलेज टपर समेत हुन् । उनी पुल्चोक इन्जिनियरिङ कलेजमा आर्किटेक्टकी विद्यार्थी हुन् । उनलाई लेखनमा समेत रूची छ । पुस्तक प्रकाशन गर्ने उनको लक्ष्य रहेको छ । उनको एक दाइ रहेका छन् । उनी परिवारसहित हाल ललितपुरको थल्सीखेलमा बस्छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७