मजदुरको आन्दोलनले नेपाल एयरलाइन्सका सबै उडान बन्दै, यात्रु समस्या


२९ चैत्र २०७४, बिहीबार
Tribhuvan International Airport International Terminal MNWB74YZgl

काठमाडौं, २९ चैत : नेपाल वायुसेवा निगमका मजदुरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्दोलन गरेपछि विमानस्थल ठप्प भएको छ ।

Tribhuvan International Airport International Terminal MNWB74YZgl
ग्राउण्ड ह्याण्डलिङका कर्मचारीले निगमका कुनै पनि जहाज उडान–अवतरण हुन दिएका छैनन । भने अन्य एयरलाइन्स कम्पनीलाई दिदै आएको ग्राउण्ड ह्याण्डलिङको सेवामा समेत अवरुद्ध पारेका छन् जसका कारण विमानस्थलमा अस्त–व्यस्त भएको छ ।

मजदुरका माग पूरा नभएसम्म निगमका जहाज उड्न नदिने बताइएको छ । विहान ५ बजेदेखि काम काज छोडेर धर्नामा बसेका ४ सय मजदुरहरु ग्राउण्ड ह्याण्डलिङमा काम गर्दै आएका छन् । हाल निगमका आन्तरिक तथा बाह्य कुनै पनि उडान हुन नसकेपछि यात्रुहरु मर्कामा परेका छन् । मजदुरको स्थायी हुनुपर्ने, स्वास्थ्य विमा, संचयकोषलगायत माग राख्दै मजदुरले हड्ताल गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७