२९ अप्रिलमा सोनमको बिहे


२९ चैत्र २०७४, बिहीबार
sonam kooper
Sonam Kapoor poses for a portrait at the Martinez Hotel during the 67th international film festival, Cannes, southern France, Monday, May 19, 2014. (Photo by Joel Ryan/Invision/AP)

काठमाडौं, २९ चैत । अभिनेत्री सोनम कपुरको बिहे यही अप्रिलको २९ तारिखमा भएको छ । ब्वाइफ्रेन्ड आनन्द आहुजासँग  उनले बिहे गर्ने भएकी हुन् ।

sonam kooper

भारतीय सञ्चारमाध्यमले सोनमको मे महिनामा बिहे हुने उल्लेख गर्दै आएका थिए । तर, अब खबर आएको छ कि, सोनम र आनन्दको बिहे यही अप्रिलको २९ तारिखमा हुनेछ । उनीहरूको बिहे स्विट्रल्यान्ड वा लन्डनमा हुने समाचार फैलिएको थियो ।

मिडियाहरूले ११ र १२ मेमा उनीहरूले बिहे गर्ने समाचार प्रसारण गरेका थिए । तर, अहिले आएर बिहेको मिति तथा स्थान फेरिएको खबर आएको छ । भारतीय अनलाइनले विश्वस्त स्रोतको हवाला दिँदै सोनम र आनन्दको बिहे मुम्बईमै हुने दाबी गरेका छन् ।

आफू र आनन्द प्रेममा रहेको कुरा सोनमले आफ्ना बाबु अभिनेता अनिल कपुरको ६०औँ जन्मदिनको पार्टीमा परिवारलाई बताएकी थिइन् । आनन्द दिल्लीका व्यापारी हुन् । उनी र सोनम दुई वर्षदेखि प्रेममा छन् । आनन्द फेसन ब्रान्ड ब्हानेका मालिक हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७