उपकुलपति कप: आरआर र एनसीसी उपाधिका लागि भिड्ने


२९ चैत्र २०७४, बिहीबार
rr cumpas

काठमाडौं,चैत्र २९: त्रिभुवन विश्वबिद्यालय उपकुलपति कप अन्तर क्याम्पस भलिबल प्रतियोगितामा आयोजक आरआर र नेपाल कमर्स(एनसीसी) उपाधिका लागी भिड्ने भएका छन् । rr cumpas
रत्नराज्यलक्ष्मी कलेजको कोर्टमा बिहिवार भएको सेमिफाईनल खेलमा आयोजक आरआरले अमृत साईन्स क्याम्पसलाई २५–२०,२५–१९ र २५–१९ को सोझो सेटमा हराएको हो । अर्को सेमिफाईनल खेलमा एनसीसीले सुर्खेत शिक्षा क्याम्पसलाई २५–११,२६–२४ र २५–१५ को सोझो सेटमा हराउदै फाईनलमा आयोजक आरआरसग भेट पक्का गरेको हो ।
तेश्रो स्थानका लागि भएको खेलमा अमृत साईन्स क्याम्पस बिजयी भएको छ । अमृत साईन्सले सुर्खेत शिक्षा क्याम्पसलाई २५–१८,२५–१८,२०–२५ र २५–१८ को सेटमा हरायो । फाईनल खेल शुक्रवार बिहान ८ बजे हुने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७