व्यापारीकरणको नमूना बन्दै बृहस्पति विद्यासदन, यस्तो छ ब्रम्हलुट

निजी स्कुलको मनोमानी रोक्न शिक्षामन्त्री असफल


२९ चैत्र २०७४, बिहीबार
brihaspatiबृहस्पति विद्यासदन

काठमाडौं, २९ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार चितवनमा निजी विद्यालयलाई नियन्त्रण गर्नुपर्ने बताइरहँदा शिक्षा ऐन, नियमावलीलाई चुनौती दिंदै निजी स्कुलहरुले मनोमानी तबरले शुल्क बढाएका छन् । दाहालकै पार्टीका शिक्षामन्त्री गिरिराजमणि पोखरेल छन् । तर निजी स्कुलहरुको मनोमानी रोक्न उनी असमर्थ देखिएका छन् ।brihaspatiबृहस्पति विद्यासदन

निजी स्कुलहरुको ब्रम्हलुट रोक्न सरकार असफल हुनुको कारण हरेक पार्टीका नेताहरुले तिनका आफन्तहरुको नाममा स्कुल चलाएका कारण पनि हो । बर्षैपिच्छे मनोमानी शुल्क बढाउने निजी स्कुल लगामविनाका घोडाजस्ता भएका छन् । बाल संगठनको नक्सालस्थित जग्गा लिजमा लिएर संचालन हुँदैआएको बृहस्पति विद्यासदनले अभिभावकहरुलाई शुल्क बढाउने निर्णयमा पुनर्विचार हुन नसक्ने जवाफ दिएको छ ।
बृहस्पति विद्या सदनले विभिन्न शीर्षकमा ऐन नियम विपरीत शुल्क लिने गरेको छ । यसरी विभिन्न शीर्षकमा शुल्क लिएर उक्त स्कुलले करसमेत छली गर्दैआएको छ । एक विद्यार्थी बराबर १६ हजार मासिक शुल्क लिने बृहस्पति स्कुलले कर भने करोडौं छली गर्दैआएको छ ।

यसरी विभिन्न शीर्षकमा यो बर्ष पनि अत्यधिक शुल्क बढाएपछि अभिभावकहरु दैनिकजसो शुल्कबृद्धि फिर्ता लिन माग गर्दै स्कुलमा भेला हुन थालेका छन् । बुधबार स्कुलमा भेला भएका अभिभावकहरुलाई बृहस्पति विद्यासदनका प्रशासन निर्देशक कुमार थापाले शुल्कबृद्धि फिर्ता हुँदै नहुने अर्को बर्ष थप बृद्धि हुनसक्छ, मानसिक रुपमा तयार हुनुस्, नसक्नेहरु बच्चा झिकेर लैजानुस् भन्ने जवाफ दिएका थिए । थापाले स्कुल भएको जग्गा सरकारी भए पनि हामीले लिजमा लिएका हौं, सरकारले केही गर्नसक्दैन, थापाले सरकारलाई नै चुनौती नै दिएका थिए ।

school 1
शुल्कबृद्धि विरुद्ध एकजुट अभिभावकहरु ।

बृहस्पति विद्या सदनले रजिष्टे«सन फी वन्ली फर न्यू भनेर नर्सरीदेखि १० कक्षासम्म २० हजार रुपैयाँ लिने गरेको छ । नयाँ भर्ना हुने विद्यार्थीको भर्ना भनेर नलिई एनुअल भनेर लिइएको छ । २०७२ सम्म एनुअल फी भनेर ३ किस्तामा तिर्नुपथ्र्यो । कक्षा २ को विद्यार्थीका लागि मासिक ४८ सयका दरले ३ महिनामा १४ हजार ४ सय तिर्नुपथ्र्यो ।

त्यो एनुअल शुल्क १४ हजार ४ सयबाट बृद्धि गरी २०७३ देखि तीन महिनामा २० हजार १ सय ९९ मा तिर्नुपर्ने निर्णय ग¥यो । एक किस्तामा ६ हजार ७ सय ३३ बुझाउन अभिभावक बाध्य भए ।

२०७४ मा त्यो एनुअल शुल्क मासिक शुल्कमा गाभियो । यातायात, खानासहित ९ हजार रुपैयाँ तिर्नुपर्ने भयो । यसरी ४ कक्षाको शुल्क १२ हजार ३ सय ४३ बनायो । ६ कक्षादेखि माथिल्ला कक्षामा त्यो भन्दा झन् धेरै बढाइयो । २०७३ मा एनुअल शुल्क गाभेको बृहस्पति स्कुलले पुनः २०७५ मा पुराना अभिभावकहरुलाई पुनः सो शुल्क लगाउने निर्णय गरेको छ ।

पुरानालाई ४६ सय रुपैयाँ र नयाँलाई २० हजार तिर्नुपर्ने निर्णय स्कुलले २०७५ बाट फेरि लादेपछि अभिभावकहरु रुष्ट भएर दैनिक भेला हुन थालेका छन् । बृहस्पतिले नर्सरीेदेखि १० कक्षासम्म एनुअल भनेर २० हजार तिर्नुपर्ने भएको छ । बृहस्पति स्कुलमा अध्ययन गर्ने नर्सरी र केजीको बच्चाको १३ हजार ३ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । १ कक्षादेखि ५ सम्मको १३ हजार ५ सय रुपैयाँ, ६ देखि ८ कक्षासम्मको १५ हजार २ सय र ९ र १० कक्षाको १६ हजार ३ सय उक्त स्कुलले मासिक रुपमा लिने गरेको छ ।

brihaspati vidhyasadan
नक्सालको बालसंगठनको जग्गामा अवस्थित बृहस्पति स्कुल ।

बृहस्पति स्कुलमा खाना अनिवार्य गरेको छ । जुन गर्न शिक्षा ऐन नियम अनुसार पाइँदैन । जसरी स्कुलभित्र पोशाक र किताव बिक्री गर्न पाइँदैन, त्यसैगरी खाना पनि अनिवार्य गर्न पाइँदैन । बृहस्पतिले खाना अनिवार्य गरेको छ । एक छाक खानाको नर्सरीदेखि ५ कक्षासम्मको ६ हजार रुपैयाँ लिन्छ । ८ देखि १० कक्षासम्मको ७ हजार लिने गरेको छ । १३ सय विद्यार्थी र कर्मचारीका लागि दैनिक खाना खुवाउन एक जनाबराबर बढीमा ३५ सयदेखि ४ हजार मात्र पर्न आउँछ । एउटा क्याटरिङले बर्षमा १०–१५ वटा पार्टी गरेर कर्मचारी पाल्नेदेखि मुनाफा गर्छ भने बृहस्पति स्कुलले क्याटरिङ गरेर दैनिक लाखौं र बर्षमा करोडौं करोडौं मुनाफा लिइरहेको छ । यसमा एक रुपैयाँ कर समेत तिर्दैन ।

एक्स्ट्रा करिकुलम एक्टीभीटीज(इफीए) भनेर नर्सरीदेखि केजीको ११ सय रुपैयाँ लिने गरेको छ । नर्सरीको बच्चालाई एक्स्ट्रा के गराउने हो ? यो सरासर ठगी बृहस्पतिबाट भइरहेको छ । १ देखि ५ कक्षासम्म १२ सय लिने गरेको छ । ६ देखि ८ कक्षासम्मको १३ सय रुपैयाँ छ । ९ र १० कक्षाको १४ सय रुपैयाँ छ । यसरी अतिरिक्त शुल्कका नाममा सरासर अभिभावक ठगी भइरहेको छ ।

स्टेसनरी भनेर नर्सरीको बच्चालाई ७ सय रुपैयाँ छ । एकदेखि १० कक्षासम्मको ३ सय रुपैयाँ लिने गरेको छ । नर्सरीको बच्चालाई पेन्सिल दिए पनि १ देखि १० कक्षासम्मका बच्चालाई एउटा फोटोकपी पेपरसमेत नदिई ३ सय रुपैयाँ लिने गरेको छ । सबै आवश्यक सामान अभिभावकहरुले नै किनेर पठाउने गरेका छन् । बृहस्पतिमा अध्ययन गर्ने १ देखि १० सम्मका १२ सय विद्यार्थी बराबर ३ सयका दरले ३ लाख ६० हजार रुपैयाँ मासिक सरासर ठगी भइरहेको छ ।

बृहस्पतिको ठगीको शृंखला यतिमा मात्र सीमित छैन । परीक्षा शुल्क भनेर नर्सरीदेखि केजीसम्म २ सय रुपैयाँ लिने गरेको छ । १ देखि ८ कक्षा सम्म ८ सय रुपैयाँ र ९ र १० कक्षाका विद्यार्थीबाट ९ सय रुपैयाँ मासिक लिने गरेको छ । परीक्षा बर्षमा ३ पटक हुन्छ तर बृहस्पतिले मासिक रुपमा परीक्षाका नाममा शुल्क असुली गर्दैआएको छ ।

आइफीटी इनोभसन भनेर अर्को शीर्षक राखी नर्सरी र केजीलाई १ सय रुपैयाँ लिन्छ । १ देखि ५ कक्षासम्मलाई ९ सय र ८ देखि १० कक्षासम्मका विद्यार्थीबाट ११ सय रुपैयाँ लिने गरेको छ । नर्सरी र केजीको बच्चालाई इन्जीनीयरिङबारे के सिकाउँदो हो स्कुलले ? यस्तो लुट कसले रोक्ने ? यातायात रुटवाइज छैन । कोही नजिक हुन्छ, कोही टाढा हुन्छ । नजिक हुनेलाई स्वभाविक रुपमा कम हुनुपर्ने तर सबै विद्यार्थीबाट २ हजार रुपैयाँ लिन्छ । यसरी विभिन्न शीर्षकमा असुल्ने गरेको बृहस्पतिले मासिक शुल्क भने निकै कम लिएको देखाएर करछली गर्दैआएको छ ।

school
मनपरी शुल्कबृद्धि विरुद्ध बृहस्पति विद्या सदनमा भेला भएका अभिभावकहरु ।

मासिक शुल्क(ट्युसन फी) नर्सरी केजीको ३२ सय रुपैयाँ छ । १ देखि ५ कक्षासम्म २ हजार ३ सय रुपैयाँ छ । ६ कक्षादेखि १० सम्म २ हजार ७ सय छ । ९ र १० को ३ हजार ६ सय रुपैयाँ लिने गरेको छ । बृहस्पति विद्या सदनले एक विद्यार्थीबराबर नर्सरीमा १३ हजारदेखि १० कक्षामा अध्ययन गराएको १६ हजार रुपैयाँसम्म लिन्छ । तर कर भने एक विद्यार्थी बराबर २ हजार ३ सयदेखि ३ हजार ६ सय मात्र लिएको देखाएर बाँकी रकमको करछली गर्दैआएको छ । यस हिसाबले बृहस्पति विद्या सदनमा करछलीका बारेमा पनि छानबिन गरी कारबाही गर्नुपर्ने देखिन्छ ।

बृहस्पति विद्यासदनले यसरी अभिभावकको ढाड सेकेपछि अभिभावकहरु स्कुलमा गएर यस्तो नगर्न आग्रह गर्दा उल्टै स्कुलले पढाउन मन नभए आप्mना बच्चाहरु झिकेर अन्यत्र लगे हुन्छ भनेर अभिभावकहरुलाई धम्की दिएको छ । यसरी ब्रम्हलुट मच्चाउँदा पनि राज्यका निकायले केही कारबाही नगर्दा मनोमानी बढिरहेको अभिभावकहरुको गुनासो छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७