राष्ट्र बैंकका कर्मचारीको रजगज : भत्तामै सक्छन् १ अर्ब ४१ करोड


३० चैत्र २०७४, शुक्रबार
Nepal Rastra bank

काठमाडौं, ३० चैत : नागरिकलाई आर्थिक कारोबारमा मितव्ययिताको पाठ पठाउने राष्ट्र बैंककै कर्मचारीहरु भने विलासिताका लागि कतिसम्म खुलेर खर्च गर्न सक्छन् भन्ने कुरा एक तथ्यले खुलासा गरेको छ ।Nepal Rastra bank

बैंक तथा वित्तीय संस्थाहरुलाई मितव्ययी बनाउने जिम्मेवारी बोकेको राष्ट्र बैंक आफैंमा भने मितव्ययी हुन नसकेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंककै कर्मचारीको तलबको अनुपातमा २०४ प्रतिशतसम्म भत्ता लिने गरेको प्रतिवेदनले देखाएको छ । भत्तामा २०७१–७२ मा १ अर्ब ४१ करोड १३ लाख खर्च भएको पाइएको छ ।

राष्ट्र बैंकका कर्मचारीले कर्मचारी सञ्चय कोष, औषधि उपचार कोष, उपदान कोष र कर्मचारी सुरक्षा कोष बाहेक १४ किसिमका भत्ता पाउने गरेका छन् । ७ किसिमका भत्ता सबैले र थप ७ किसिमका भत्ता विशेष समूहका कर्मचारीले पाउने गरेका छन् । ‘यस्ता भत्ता र प्रोत्साहन बापतको खर्च, तलवको अनुपातमा २०४ प्रतिशतसम्म हुन आउँछ’ महालेखाले भनेको छ ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार बैंक सेवा १ हजार ९७ र प्राविधिकमा १ सय ३२ गरी कूल १ हजार २२९ कर्मचारी छन् । राष्ट्र बैंकले साधारण, प्रशासनिक खर्च र प्रोभिजन शीर्षकमा कुल ७ अर्ब १९ करोड खर्च भएको देखाएको छ । कर्मचारीको भत्ता र प्रात्साहन वापत मात्रै बैंकले कुल प्रशासनिक लगायतको खर्चको १५ प्रतिशत रकम खर्च गरेको देखिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७