३३ किलो सुन तस्करी : आरके ज्वेलर्सका मालिक पक्राउ


३० चैत्र २०७४, शुक्रबार
gold case

काठमाडौं, ३० चैत : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ३३ किलो सुन तस्करीको घटनामा एकपछि अर्को व्यक्ति तानिंदै गएका छन् ।gold case

पछिल्लो पटक ३३ किलो सुन तस्करी प्रकरणमा न्यूरोडस्थित आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य बिहीबार साँझ काठमाडौंबाट पक्राउ परेका छन् । अनुसन्धानका लागि गृह मन्त्रलायले गठन गरेको छानविन समितिले शाक्यलाई पक्राउ गरेको हो ।

डेढ महिनाअघि ३३ केजी सुन तस्करीमा मुछिएका मोरङका सनम शाक्यको हत्या भएको घटनालाई लिएर अपराध महाशाखाका प्रमुख एसएसपी दिबेश लोहनी, डिसपी प्रजित केसी र सई बालकृण्ण सञ्जेललाई प्रहरी प्रधान कार्यालयले छानविनको घेरामा राखेको छ ।

यसअघि नेपाल एयरलाइन्सका तीन कर्मचारी र थाई एयरलाइन्सका ८ कर्मचारी छानविनका लागि पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७