अब आफू मर्ने मिति पहिल्यै थाहा पाउन सकिने, एप्लिकेसनले बताई दिन्छ यसरी


३० चैत्र २०७४, शुक्रबार
1523593849

काठमाडौं, ३० चैत : मान्छेको मरण कहिले हुन्छ थाहा हुँदैन भन्ने मान्यतामा हुर्किदै आएका हाम्रा लागि अब आफ्नै मृत्युको दिन समेत थाहा पाउन सकिन्छ भन्दा पत्यार नलाग्न सक्छ । तर, यो कुरा अब सम्भव भएको छ । विज्ञान क्षेत्रको विकासले यो असम्भव कुरालाई पनि सम्भवन बनाईसकेको छ । तपाईंले मृत्यु कहिले हुने थाहा पाइएमा धेरै गर्नुपर्ने कामहरू सक्दो चाँडो पूरा गर्न बारे सोच्नुहुनेछ पक्कै पनि ।1523593849

तपाईंको मृत्युको जानकारी दिने एप आउन थालेको छ । तपाईंको शरीरको भौतिक गतिविधिको आधारमा तपाईंको मृत्यु ३६.५ दिनभित्र हुनसक्ने पूर्वानुमान गराउन सक्छ । मृत्युको जानकारी पाइए मानिसहरूले गर्नुपर्ने कामहरूलाई प्राथमिकतामा राखी पूरा गर्न सक्ने विचारहरूबारे मन्थन गरिएको पाइएकै छ । यस्तो विषयमा रुसमा विज्ञहरूले यस्तो एपको डिजाइन गरेका छन् । यो एप कृत्रिम बौद्धिकता (आर्टिफिसल इन्टेलिजेन्स–एआई) प्रविधिमा आधारित डिजाइन गरिएको छ । यो गेरो एपले तपाईंको फोनमा भएको एक्सलेरोमिटरबाट गतिविधिको विश्लेषण गरी तपाईंको मृत्यु ३६.५ दिनमा हुने पूर्वानुमान गर्छ ।

शरीरको स्वास्थ्यलाई अनुगमन गर्ने प्रविधियुक्त वस्तु (वियरेबल फिटनेस मोनिटर्स) ले रेकर्ड गरेको जानकारीसँग यो एपलाई जोडियो भने अझ यसले मृत्युबारे ठोस जानकारी दिन्छ । तपाईंले नियमित रूपले स्वास्थ्यका लागि गर्नुपर्ने कार्यमा अनियमितता गर्नु भयो भने यसले अनुमान गरेको दिनको बारेमा पुनः समीक्षा गरी नयाँ मिति तय गर्न सक्नेछ ।
यो एप मस्को इन्स्टिच्युट अफ फिजिक्स एन्ड टेक्नोलोजीका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनबाट विकास गरिएको हो ।

उनीहरूले अमेरिकाको स्वास्थ्यसम्बन्धी सर्वेक्षण नियोग युएस नेसनल हेल्थ एन्ड न्युट्रेसन इग्जामिनेसन सर्भेले सन् २००३ देखि २००६ सम्म तयार पारेको भौतिक गतिविधि र क्लिनिकल डेटाको अधारमा अध्ययन गरेका थिए । शरीरका कोषहरूको सञ्जाल न्यूरल नेटवर्कलाई शरीरको गतिविधिको एक सातासम्म मापन गरी जैविक उमेर र मरणशील जोखिमको पूर्वानुमानको परिणामको आधारमा प्रशिक्षित गरिएको थियो । हालको फिटनेस वियरेबलको अर्थ भनेको शरीरको गतिविधिको मापनसम्म पहुँच कायम गर्नु हो ।

विश्वका करोडौं मानिसहको दैनिक कार्यहरूमा कुनै बाधा नगरी गतिविधिहरूलाई पछ्याउँछ । एआईको ज्ञानको प्रयोग गरी यो एपले एक्सलेरोमिटरमा निर्माण गरिएको यस्ता वियरेबल डिभाइस वा स्मार्टफोनबाट डेटा संकलन गरी त्यसको विश्लेषण गर्न सक्षमता प्राप्त गर्छ । डा. पिटर फेदिचेभले यसबारे लेख्छन्, ‘एआई एक शक्तिशाली उपकरण हो, जसले निर्माण पद्धति (प्याटर्न) को पहिचान गर्छ र यसले दृष्य वस्तुको पहिचान, बोलीको पहिचान वा अन्य क्षेत्रको पहिचान गर्न विशिष्ट भूमिकाको प्रदर्शन गर्छ ।’ यस्ता उदाहरणबाट अभिप्रेरित भई एआईको सम्भाव्यतालाई स्वास्थ्य मानिसको भौतिक गतिविधिको आधारमा जोखिम हटाउने विकास गरेको उनले जनाए ।

यो एपको विकास भएपछि जीवन र स्वास्थ्यसम्बन्धी बिमाका कार्यक्रममा पनि नयाँ थालनी गरिएको छ । नाडीमा बाँधेर मानिसको भौतिक गतिविधिको अनुगमन गर्ने स्वास्थ्यसम्बन्धी फिटनेस डिभाइसको अनुगमनको आधारमा बिमा कार्यक्रमहरूमा छुट दिने कार्य शुरू भइसकेका छन् । जोखिमको सम्भावनाहरूलाई बढी शुद्ध बनाउन एआईमा आधारित डिभाइसको सहयोग लिन सक्ने हामीले सिफारिस गर्ने गरेको उनको भनाइ छ ।

यो एपको विषयमा समाचार संस्था मेलअनलाइनले हाल आइफोनमा काम गरिरहेको बिटा भर्सनको एप राख्ने निर्णय ग-यो । मेलअनलाइनले आफ्ना कर्मचारीको स्वास्थ्यसम्बन्धी जानकारी लिन यस्तो निर्णय गरेको उसले जनाएको छ ।
यसका लागि अनलाइनका पहिला स्वयंसेवी वरिष्ठ स्वास्थ्य संवाददाता स्टिफन म्याथ्युज बने । यदि यो एपले गरेको भविष्यवाणी ठ्याक्कै मिल्ने हो भने उनी ७० वर्षअघि मर्ने जनाएबाट उनी चकित छन् । उनी भन्छन्, ‘मेरो जीवनशैली अस्वस्थ्यकर हो । जंक फुड खाने गर्छु, अबेर राति काम गर्छु । तनावपूर्ण काम छ । एपले गरेको भविष्यवाणी सत्यभन्दा धेरै टाढा भने छैन जस्तो लाग्छ ।’ यसैगरी विज्ञान तथा प्रविधि संवाददाता जो पिन्कस्टोन, हेल्थ रिपोटर अलेग्जेन्डर थम्पसन र फ्रिलान्स रिपार्टर ज्याक फ्ल्यागनलगायतले यो एप लिएका छन् । यो एपको अध्ययनसम्बन्धी पूर्ण जानकारी साइन्स रिपोटर्समा प्रकाशित भएका छन् ।

यससम्बन्धी फिचरहरू एप्पलका नाडी घडीहरूमा पाइन्छन् । सेप्टेम्बर २०१७ मा एप्पलले सेरिज थ्री एप्पल वाच ल्यायो । ३९९ अमेरिकी डलर बराबरको डिभाइसले उपभोक्तालाई कल गर्न पाउने सुविधा उपलब्ध गराउँछ । तर सिम कार्ड समेत भएको अवस्थामा यसले एन्टिनाको काम गर्छ । अब यो कम फोन नजिक नभए पनि गर्न सकिन्छ । यो वाचमा तीव्रगतिमा चल्ने दुई कोर प्रोसेर र १८ घन्टासम्म ब्याट्री खप्ने फिचरहरू छन् । यसलाई यो कम्पनीको अहिलेसम्मको सर्वाधिक शक्तिशाली स्मार्टवाच मानिएको छ । ४ जीएलटीइ र युएमटीएसबाट प्रशारण प्राप्त गर्न पठाउन यसले काम गर्छ । यसको अर्थ यो एन्टिना बन्न पुग्छ । परम्परागत सिम कार्डको तुलनामा यो सयौं गुना सानो इसिममा निर्माण गरिएको एप्पलले जनाएको छ । सेरिज ३ एप्पल वाचका अर्डरहरू १५ सेप्टेम्बरबाट शुरू भयो र २२ सेप्टेम्बरबाट उपलब्ध हुन पुग्यो । यसले उपभोक्तालाई नयाँ स्वतन्त्रताको अनुभव गराउने कम्पनीको दाबी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७