६०२ जनालाई हिमाल आरोहणको अनुमति, ३५ करोड राजश्व संकलन


२ बैशाख २०७५, आईतवार
himal

काठमाडौं, २ बैसाख : सरकारले सन् २०१८ मा हिमाल आरोहणका लागि ६०२ जनालाई अनुमति दिएको छ । सरकारले हिमाल आरोहण गर्ने पर्यटकबाट ३५ करोढ रुपैयाँ राजश्व संकलन गरेको छ । himal

हालसम्म हिमाल चढ्नका लागि स्वीकृति लिएका पर्यटकसँग उक्त राजश्व संकलन गरिएको पर्यटन विभागले जानकारी दिएको छ । विभागले सगरमाथा आरोहणको लागि विदेशी आरोही प्रतिब्यक्ति ११ हजार अमेरिकी डलर (करीब ११ लाख रुपैंया) राजश्व लिंदै आएको छ । सगरमाथा चढने नेपालीलाई भने कम शुल्क लिंदै आएको छ । सरकारले नेपाली आरोही प्रतिब्यक्ति ७५ हजार लिने गरेको सापकोटाले बताए ।

विभागका अनुसार हालसम्म हिमाल चढ्नका लागि ६७ समूह नेपाल आईसकेका छन । कूल ७० समूहमध्ये ४ समूह नेपाली छन् । हिमाल आरोहणमा रहेका ७० समूहका ६०२ जनामध्ये २० जना नेपाली रहेको विभागले जानकारी दिएका छ । २०१८ मा हिमाल आरोहणका लागि आउने आरोहीबाट सरकारले ३५ करोड ३६ लाख रुपैंयाँ राजश्व संकलन गरिएको विभागका निर्देशक रामप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

निर्देशक सापकोटाका अनुसार हिमाल आरोहणका लागि पोल्याण्ड, रसिया, नर्वे, ब्राजील, जापान तथा अमेरिकालगायतका देशबाट आरोही नेपाल आएका छन् । बिभिन्न देशबाट आउने आरोहीले सगरमाथा लगायत मनास्लु, नोप्से, मकालु, आमा दब्लम, थोमसपिक तथा सारेबुङलगायतका हिमाल आरोहण गर्ने अनुमति लिइसकेको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७