खानी उत्खनन् नगर्ने २० कम्पनी रद्द


२ बैशाख २०७५, आईतवार
khani tatha bhugarbha bibhag

काठमाडौं, २ बैसाख : अनुमति लिएर पनि खानी उत्खनन् र खोजतलास नगर्ने २० कम्पनीको अनुमति प्रमाणपत्र खानी तथा भूगर्भ विमागले रद्द गरिदिएको छ ।
विभागले चालु आर्थिक वर्षमा खनिज खोजतलास कार्यका लागि अनुमतिपत्र लिए पनि खोजतलास कार्यमा निस्क्रिय देखिएका कम्पतीहरुको अनुमतिपत्र रद्द गरिदिएको हो । khani tatha bhugarbha bibhag

यसरी रद्द हुने कम्पनीहरुमा खानी खोजतलासको प्रमाणपत्र प्रदान ९५, खानी खोजतलास प्रमाणपत्र नवीकरण १६८, खानी उत्खनन प्रमाणपत्र प्रदान १२ र खानी उत्खनन प्रमाणपत्र नवीकरण ७६ कम्पनी रहेका छन् । विभागका सूचना अधिकारी कृष्णदेव झाले चालु आवमा ३३१ कम्पनी तथा संस्थालाई खनिज खोजतलास कार्यका लागि अनुमति तथा नवीकरण गरेको बताएका छन् । यस्तै विभागले चालु आर्थिक वर्षमा खानीका नयाँ इजाजतपत्र प्रदान, नवीकरण, खनिज पदार्थको निकासी, मासिक खनिज उत्खनन् तथा नक्सा बिक्रीबापत रु ९३ करोड ५५ लाख ६१ हजार ७६८ राजश्व संकलन समेत गरेको छ ।

नामटार चुनढुंगा मकवानपुरको विस्तृत अध्ययन सम्पन्न, फलामखानी मकवानपुरको अन्वेषण कार्य सम्पन्न, ड्रिलिङ चुनढुंगा धादिङको ड्रिलङ कार्य भइरहेको, ५० सञ्चालित खानीको अनुगमन भइरहेको, खनिजअन्तर्गत १५ खनिजमा आधारित उद्योग प्रवद्र्धन कार्य भइरहेको विभागले जनाएको छ । यसैगरी, प्राकृतिक ग्याँस अन्वेषण गर्न बोलपत्र स्वीकृतिको आशयको सूचना प्रकाशन, धौवादी फलाम खानीको मापन कार्य भइरहेको, महादेवस्थान चुनढुङ्गा च्यानल नमूना छनोट भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७