लिलिबिली’ बिजनेस आक्रामक, दुई दिनमै दुई करोड !


२ बैशाख २०७५, आईतवार
lilibili 22032018011856

काठमाडौं, २ बैसाख : नयाँ वर्ष २०७५ लाई युवा स्टार प्रदीप खड्का स्टार फिल्म ‘लिलिबिली’ ले भव्य स्वागत गरेको छ । प्रदर्शनको पहिलो दिन औषत रहेको फिल्मको व्यापार शनिवार आक्रामक रह्यो । देशभरका अधिकांश सिंगल तथा मल्टिप्लेक्स स्कृन हाउसफुल रहे । lilibili 22032018011856

हल–हलमा प्रदीपको क्रेजका कारण दर्शकको भीड ओर्लिएको थियो । शनिवार टिकट नपाएर दर्शक घरसमेत फर्किन बाध्य भएका थिए । गीतसंगीत र प्रदीपको क्रेजका कारण फिल्मले दुई दिनमा मोटो रकम हात पारेको छ । निर्माता तथा काठमाडौं भ्यालीका वितरक समेत रहेका गोविन्द शाहीका अनुसार, फिल्मले दुई दिनमा २ करोड क्रस आम्दानी गरेको छ । पहिलो दिन ८२ लाख कमाएको फिल्मले दोस्रो दिन शनिवार १ करोड ३६ लाख ८३ हजार ९ सय ५६ रुपैयाँ उठायो ।
दुई दिनको हिसाब ‘प्लस’ गर्ने हो भने ‘लिलिबिली’ ले २ करोड १८ लाख ८३ हजार ९ सय ५६ रुपैयाँको विजनेश गरेको छ । निर्माता शाही प्रायः आफूले वितरण गरेको फिल्मको कलेक्सन बढाएर मिडियामा दिने गर्दछन् । यो कलेक्सन रिपोर्टमा कति सत्यता छ त्यो उनी स्वयम् जान्दछन् । pardee

तेस्रो दिन आइतवार पनि फिल्म हेर्ने दर्शकको संख्या सुखद छ । वितरक शाही भन्छन्, ‘हाम्रो मिहिनेतलाई दर्शकले रुचाई दिनुभयो त्यही नै हाम्रो सफलता हो ।’ अभिनेता प्रदीप ’प्रेमगीत २’ पछि पुनः दर्शकको साथले उत्साहित भएको सुनाउँछन् । शनिवार उनी राजधानीका अधिकांश हल(हल पुगेर दर्शकको प्रतिक्रिया बुझेका थिए । फिल्मले दुई दिनमा २ करोड क्रस कमाउन सफल हुनु प्रदीपकै क्रेजका कारण सम्भव भएको हो । उनले फेरि एक पटक आफ्नो स्टारडम प्रमाणित गरेका छन् । फिल्म हेरेका दर्शकले राम्रो बोलेका छन् । प्रदीपसँगै नव अभिनेत्री जसिता गुरुङको अभिनयलाई दर्शकले खुब रुचाएका छन् । lilibili
फिल्मको वर्ड अफ माउथले आइतवारबाट सिनेमा हलहरुमा दर्शकको चाप विस्तारै बढ्दै जाने निर्माण पक्षको विश्वास छ । मिलन चाम्स निर्दे्शित यस फिल्ममा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ ।
काफिया फिल्म्स, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७