जापानमा साकेला नाचेर नयाँ वर्षको स्वागत


२ बैशाख २०७५, आईतवार
japan5

फुकोका २ वैशाख: जापानमा रहेका नेपालीहरूले नयाँ सालको स्वागत गरेका छन् । नेपालबाट वैदेशिक रोजगार, अध्यायान लगायतका सिलसिलामा जापान पुगेका नेपालीहरूले नयाँ सालको आ-आफ्नो संस्कृति अनुसाको झाँकी प्रस्तुत गरेर नयाँ सात ०७५ को स्वागत गरेको छ ।

japan

प्रत्येक वर्ष मनाउँदै आएका फुकोका फेस्टिबलमा जापानमा रहेका नेपालीहरूले सुख, शान्ति र संमृद्धीको कामना गर्दै नयाँ वर्षको स्वागत गरेको हो । फेस्टिबलमा किराती समुदयाहरुले साकेला प्रस्तुत गरेका छन् । त्यस्तै अन्य समुदायहरूले पनि आफ्नो संस्कृति अनुसारको झाँकी प्रस्तु गरेका छन् । फेस्टिबलमा राई, लिम्बु, कुलुङ, तामाङ लगायतका समुदयहरुले आ-आफ्नो संस्कृतिको झाँकी प्रस्तुत गरेको थिए ।

japan5

फेस्टिबलमा झाँकी प्रस्तुत गर्नु विशेष गरी नेपालीका संस्कृति प्रचारप्रसारको लागि रहेको भविन्द्र कुलुङले बताए । कार्यक्रम जापानका लागि रहेको महामही राजदूत प्रतिभा राणाको उपस्थितिमा सम्पन्न भएको थियो ।

 

japan3

तस्बिर: भबिन्द्र कुलुङ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७