भोजपुरी हिरोको पारिश्रमिक सार्वजनिक, नेपालका विराज को कति ?


२ बैशाख २०७५, आईतवार
viraj bhatt

काठमाडौँ २ वैशाख(एजेन्सी) । भोजपुरी फिल्मका हिरोहरुले कति पारिश्रमिक लिन्छ भन्ने बारे भारतीय सञ्चार माध्यमले रिर्पोट प्रकाशित गरेको छ । बलिउडझैँ भोजपुरी फिल्म उद्योगका स्टारहरू पनि महँगो पारिश्रमिक लिने गर्छन् । viraj bhatt

जसमा रविकिशन, निरहुआ, पवन सिंह केशरीलालका साथमा नेपाली हिरो विराज भट्टसमेत समेटिएका छन् । सञ्चारमाध्यमका अनुसार रविकिसनले ५० लाख लिने गर्छन् । उनी बलिउडमा स्टारका रुपमा चिनिएका छन् । बलिउडका थुप्रै फिल्ममा अभिनय गरेका रवि

 

भोजपुरी फिल्मका सुपरस्टार हुन् । भोजपुरीमा उनको फरक क्रेज र दर्शक छन् ।

पवन सिंहले एउटा फिल्म गरेबापत ४० देखि ४५ लाख भारुसम्म पारिश्रमिक लिने गरेका छन् ।

यसैगरी खेसारीलाल यादवले ४० लाख, दिनेशलाल यादव (निरहुआ) ३५ लाख, प्रवेशलाल यादव १० लाख, यश मिश्रा ७ लाख, राकेश मिश्रा– ४ लाख लिने गरेको बताएका छन् ।

यस्तै नेपालका विराज भट्टको पनि पारिश्रमिक र्सावजनिक भएको छ । नेपाली अभिनेता विराज भट्ट भोजपुरी चर्चित स्टारमा परेका छन् । उनलाई नेपाली र भोजपुरी फिल्मका स्टार भएको उल्लेख गर्दै एक्सन हिरोका रूपमा व्याख्या गरेको छ । विराजले ‘जाबाज’, ‘जिगरवाला’, ‘प्यार करेला हिम्मत चाही’, ‘पियवा वडा सतावेला’, ‘विराज तडिपार’, ‘रंग दे प्यार के रंग दे’, ‘त्रिशूल’लगायत फिल्ममा अभिनय गरेका छन् ।

उनले एउटा भोजपुरी फिल्ममा अभिनय गरेबापत ३ लाख भारू पारिश्रमिक लिने गरेको उल्लेख छ । तर, विराजले नेपाली मिडियालाई आफूले प्रतिफिल्म १० लाख भारु पारिश्रमिक लिने गरेको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७