प्रहरी हाकिमहरूआइजीपीको चाकडीमा, स्थानीय निकाय विप्लव माओवादीको निशानामा


२ बैशाख २०७५, आईतवार
Nepal Police

काठमाडौं, २ बैशाख । देशका ७ सय ४४ स्थानीय तहका निर्वाचित जनप्रतिनिधिमाथि विप्लव माओवादीले आक्रमण गर्ने, कालोमोसो दल्ने जस्ता क्रियाकलाप गरिरहेको छ ।Nepal Police

 

विप्लव माओवादी कार्यकर्ताले ५ दिनअघिमात्र ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर पौडेलमाथि मुंग्रो प्रहार गरी सख्त घाइते बनाएका छन् । विप्लव माओवादीका कार्यकर्ताले क्वार्टरमा सुतिरहेका पौडेललाई बाहिर बोलाएर मुंग्रो प्रहार गरेका थिए । नवलपरासीमा पनि जनप्रतिनिधिमाथि आक्रमण भइरहेको छ ।

विप्लव माओवादीले स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिलाई आफ्नो आक्रमणको निशाना बनाइरहेका छन् । स्थानीय निकायका कार्यालय आगजनी गर्ने, तोडफोड गर्ने, कम्प्युटर लाने जस्ता क्रियाकलाप गरिरहेका छन् । यस्तो बेला शान्तिसुरक्षाको जिम्मा पाएका जिल्ला जिल्लाका प्रहरी प्रमुखहरु मैदानमै खटिनुपर्नेमा नयाँ आइजीपी सर्वेन्द्र खनाललाई बधाइ दिन काठमाडौंमा ओइरो लागेका छन् ।

नेपाल प्रहरीले २६ औं आइजीपीका रुपमा सर्वेन्द्र खनाललाई पाएको छ । संगठनको प्रमुख नयाँ नियुक्ति भएपछि फोनमा बधाइ दिनु सामान्य नै मानिन्छ । तर जिल्लाको कमाण्ड नै छाडेर प्रहरी हाकिमहरु राजधानीमा आउनु कति उचित हो भन्ने प्रश्न उठेको छ । एसपीमात्र होइन,

डीएसपी प्रमुख हुने जिल्ला र इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक समेत चाकडीमा काठमाडौंमा आएका छन् ।

कास्कीका प्रहरी प्रमुख अशोक सिंह, पर्साका गणेश रेग्मी, मकवानपुरका विकास खनाल, १ नम्बर प्रदेश कार्यालयका एसपी भीम ढकाल लगायतका प्रहरी अधिकारीहरु आइजीपीलाई बधाइ दिने बहानामा कमाण्ड छाडेर काठमाडौंमा आएका छन् ।

काठमाडौंमा आएर निकट हुने र चाकरी गरी आकर्षक कार्यालय, कर्मचारी प्रशासन शाखाको प्रमुख हुन खोज्नेहरु जिल्ला जिल्लाबाट बधाइ दिने बहानामा काठमाडौंमा आएको प्रहरी स्रोत बताउँछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७