अाजकाे राशिफल-वि.सं. २०७५ साल वैशाख ३ गते


३ बैशाख २०७५, सोमबार
rashifal today

पञ्चाङ्ग

वि.सं. २०७५ साल वैशाख ३ गते। सोमबार। इश्वी सन् २०१८ अप्रिल १६ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– औंसी, ७:३९ बजेउप्रान्त प्रतिपदा। नक्षत्र– अश्विनी, २८:०७ बजेउप्रान्त भरणी। योग– विष्कम्भ, २३:४१ बजेउप्रान्त प्रीति। करण– नाग, ७:३९ बजेदेखि किंस्तुघ्न, १९:१३ बजेउप्रान्त वव। आनन्दादिमा राक्षस योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ५:४१ बजे, सूर्यास्त– १८:२८ बजे र दिनमान ३१ घडी ५९ पला। भक्तपुरमा ब्रह्माणी यात्रा। मातातीर्थ औंसी। मातातीर्थमा स्नान। आमाको मुख हेर्ने, मातृसम्मान दिवस। चाँगुनारायण, छिन्नमस्ता, कीलेश्वर तथा पाँगा मूल रथयात्रा। हलो बार्ने औंसी। सोमवारे औंसी।

मेष

ic sodiac 2

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सौन्दर्यतामा धन खर्च हुनेछ । अनावश्यक यात्रा हुनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ ।

बृष

ic sodiac 3

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्रमको उचित मुल्याङ्कन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।

मिथुन

ic sodiac 4

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतु¥र्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगती हुनेछ ।

कर्कट

ic sodiac 5

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) इनाम र प्रतिष्ठा कमाउने बेलाछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । अधुरो काम बन्नेछ । अकस्मात धन-सम्पत्ति हात पर्नेछ ।

सिंह

ic sodiac 6

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । फितलो यात्रा हुनेछ । व्यापार व्यवसायमा वाधा आउनेछ ।

कन्या

ic sodiac 7

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकीएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । बित्तिय संस्था बाट सहयोग पाईनेछ ।

तुला

ic sodiac 8

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

बृश्चिक

ic sodiac 9

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

धनु

ic sodiac 10

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रेममा बाधाका साथै मन कमजोर रहला । घर परिवारमा झै–झमेलाको अवस्था आउला । कार्यमा अवरोध आउला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मकर

ic sodiac 11

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आँटेकोे र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

कुम्भ

ic sodiac 12

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राज्य बाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

मीन

ic sodiac 13

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्य सम्पादनमा सहजता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७