कलाकारले ‘आमा’लार्इ यसरी सम्झिए
काठमाडौँ, ३ बैशाख । आमालाई छोराछोरीहरुले मीठामीठा परिकार भोजन तथा विभिन्न उपहारहरु दिएर मातृ दिवसको रुपमा आमाको मुख हेर्ने पर्व मनाइन्छ । आमाले पनि छोराछोरीलाई दिर्घायु, सुस्वास्थ्य र असल जीवनको कामना गर्दै आर्शिवाद दिने गर्छिन् ।
प्रत्यके वर्ष वैशाख कृष्ण औँसीका यो पर्व मनाइन्छ । यो दिन बिहान उठेर नबोली स्नान गरेमा यो लोकमा सुख शान्ति र परलोकमा सद्गति पाइने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको गरिएको छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
आजको आमा नजिकमा हुनेहरुले मीठामीठा परिकार भोजन तथा विभिन्न उपहारहरु दिएर मनाउने गरेपनि टाढाहरुले फोन सम्पर्क गरि सम्झन्ने, सामाजिक सञ्जाल हृदय स्पर्शी भावनाका सहित तस्विरहरु राखेर सम्झने गरेका छन् ।
नेपालका कलाकारहरु पनि सामाजिक सञ्जालमा तस्बिर पोष्ट गरि आमा सम्झिएका छन् । नायिका रेखा थापाले फेसबुकमा तस्बिर पोष्ट गरि आमा सम्झिइन् । यस्तै नायिका प्रियंका कार्की, केकी अधिकारीले पेट बच्चा भएको ह्रयाप्पी मर्दस डे तस्बिर पोष्ट गरेकी छिन् ।
यस्तै नायक अनमोल केसीले पनि सानो बच्चामा आमा(नायिका सुस्मिता बम्जन)सँग तस्बिर पोष्ट गरेका छन् ।
यसैगरी लोकदोहोरी गायिका सुनिता दुलाल र मुना थापा मगरले फेसबुकमा तस्बिरसहित आमाबाट नै विभिन्न बाधा अवरोध छिचोल्ने शक्ति मिलेको बताएकी छिन् ।
रेखा थापा
मुना थापा मगर
अनमाेल केसी
सुनिता दुलाल
प्रियंका कार्की
केकी अधिकारी