ओली–प्रचण्ड गोप्य वैठक सकियो

भोलि संयोजन समितिको वैठक बस्ने


३ बैशाख २०७५, सोमबार
Prachanda kp Oli
फाइल फोटो

काठमाडौं, ३ बैसाख : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको साढे २ घण्टाको ‘वान टु वान’ वार्ता सकिएको छ । माओवादी केन्द्रका नेताहरुले आजको वैठकबाट अध्यक्ष प्रचण्डले ‘बोल्ड डिसिजन’ लिन सक्ने दावी गरेका थिए ।Prachanda kp Oli

तर, आजको वैठकमा प्रचण्डले त्यस्तो कुनै निर्णय लिएका छैनन् । प्रधानमन्त्री ओलीले बिहान १० बजे दाहाललाई बालुवाटार बोलाएका थिए । परिवारसहित सिन्धुपाल्चोकको सुकुटेमा पुगेका दाहाल साढे १० बजे बालुवाटार पुगेका थिए । त्यसपछि दुई नेता वार्तामा बसेका थिए । करीब साढे २ घण्टा बसेको वान टु वान वार्ताका बारेमा केही ठोस विषय सार्वजनिक नभए पनि दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार दुई नेताबीचको छलफलपछि भोलि बिहान ९ बजे एक संयोजन समितिको बैठक बोलाइएको छ ।

वैशाख ९ गते हुने भनिएको एकता घोषणा अलमलमा परेका बेला दुई नेताबीच वार्ता भएको हो । नेकपा एमालेले जनयुद्ध स्वीकार गर्न नसकिने र एकतामा जाँदा बराबर अनुपात मिलाउन नसक्ने जवाफ दिएपछि एकता प्रक्रिया केही लम्बिएको थियो । दुई वटा कार्यदलले बुझाएको प्रतिवेदनमा रहेका केही विवादित विषय टुंगो लाग्न नसक्दा एकता प्रक्रिया अन्योलमा परेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७