लिभिङ्ग टुगेदरमा रहेकी पूर्णिमाको प्रेमीबाटै हत्या, यसरी पक्राउ परे प्रेमी


३ बैशाख २०७५, सोमबार
Morder

काठमाडौं, ३ बैसाख : टोखा–७ धापासी हाइट जाने बाटोमा मृत्त भेटिएकी महिलाको आफ्नै ‘प्रेमी’ ले हत्या गरेको खुलेको छ । उनलाई प्रहरीले पक्राउ गरेको छ ।Morder

आइतबार राति साढे ८ बजेतिर धापासी हाइटको करिडोर सडकमा महिला रगताम्मे अवस्थामा भएको खबर पाएपछि प्रहरी टोली पुगेको थियो । मतृक गोरखा घर बताउने करीब ३२–३३ वर्षकी पूर्णिमा विक भएको खुलेको छ ।
उनी मिस्त्री काम गर्थिन् । श्रीमानले छाडेपछि पछिल्लो समय उनीसँगै काम गर्ने पर्सा ठोरी घर भई धापासी बस्ने विजय तामाङसँग नजिकिएकी थिइन् । मिस्त्री काम दुबै जना उनी सात महिनादेखि धापासी हाइटमा सँगै बस्दै आएको खुलेको छ ।

तर, बेलाबेला कोठामा नजाने गरेका कारण पछिल्लो समय पूणिर्माप्रति शंका लागेको विजयले बयान दिएका छन् । आइतबार पनि कोठामा जान आग्रह गरेको तर, नमानेपछि आफूले ढुङ्गाले हानेको उनले प्रहरी समक्ष स्वीकार गरेका छन् ।

पूर्णिमालाई ढुङ्गाले हानेर हिंडेका उनी कोठामा पुगेर खाना पकाएर खाएका थिए । सोमबार विहान प्रहरीले पक्राउ गरेपछि मात्र उनले पूर्णिमाको मृत्यु भएको थाहा पाएको बताएका छन् । उनको कोठामा रगत लागेको पाइन्ट भेटिएको प्रहरीले जनाएको छ । उनीहरुको सम्बन्ध लिभिङ्ग टुगेदरको देखिएको प्रहरीले जनाएको छ । पछिल्लो समय लिभिङ्ग टुगेदरका नाममा विभिन्न विकृति र हत्यासम्मका घटना बढ्न थालेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७