कांग्रेसले बोलायो केन्द्रीय समितीको बैठक, पदाधिकारी समेत चयन गर्ने


३ बैशाख २०७५, सोमबार
congress meeting 8soNQgKUfS

काठमाडौँ, ३ वैशाख । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक वैशाख ७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । विसं २०७४ चैत ९ गतेदेखि जारी नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक ७ गते डाकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

congress meeting 8soNQgKUfS
फाइल तस्बिर ।

कांग्रेसको केन्द्रीय समितीको बैठक चलिरहेको समयमा पार्टीका नेता खुमबहादुर खड्काको निधनका कारण केन्द्रीय कार्यसमितिको बैठक केही दिनका लागि स्थगन भएको थियो । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समीक्षा भइरहेको बेला चैत १६ गतेबाट स्थगित थियो ।

निर्वाचनमा नराम्रो पार्टीको पराजय भएको भन्दै नेतृत्वको आलोचना भइरहेका थियो । ७ गतेबाट पुनः बस्ने बैठक पनि निर्वाचन समीक्षामै केन्द्रित हुनेछ । निर्वाचन समीक्षा बैठकको अन्तिम दिन सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी मनोनयनका लागि नाम प्रस्ताव गर्ने तयारीमा छन् ।

पदाधिकारीमा कसकाे सम्भावना ?
कांग्रेस सभापति शेरबहादुर देउवा जारी केन्द्रीय समिति बैठकबाटै पदाधिकारी मनोनीत गर्ने तयारीमा छन् । मनोनयन गर्ने उपसभापति, एक महामन्त्री र सहमहामन्त्रीको नाम समेत टुंगो लगाइसकेका छन् ।
पटक–पटकको छलफलपछि देउवाले मनोनयन गर्ने पदाधिकारीको नाम टुंग्याइसकेका बूढानीलकण्ठ स्रोतले बताएको छ ।
कांग्रेस केन्द्रीय समितिले मनोनयन गर्ने उपसभापति, महामन्त्री र सह–महामन्त्री चयन गर्नेछ । सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मालाई मनोनित गर्ने तयारी गरेको स्रोतले बतायो । तर, खड्का र विश्वकर्माको नाममा पार्टी्भित्र असन्तुष्टि छ । विमलेन्द्र निधिलाई उपसभापति बनाउने सवालमा भने कुनै धेरै विमति नरहेको स्रोतको दाबी छ ।

‘सभापतिले टुंग्याएको नाममा उपसभापतिमा कसैको विमति छैन, महामन्त्री र सहमहामन्त्रीमा भने केही नेताले असन्तुष्टि जनाइरहनुभएको छ,’ देउवानिकट एक नेताले भने, ‘हाम्रा सभापतिको त निर्णय नगर्दासम्म भर हुँदैन, त्यसैले महामन्त्री र सहमहामन्त्री परिवर्तन हुन सक्ने सम्भावना छ । उपसभापति फिक्स्ड हो ।’

महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाणको पनि दाबी छ । खाणलाई देउवाले यसअघि नै प्रमुख सचेतक बनाए पनि स्वीकार गरेका थिएनन् । पदाधिकारीमा नअटाउने डरले उनले प्रमुख सचेतक अस्वीकार गरेका थिए । तर, पछि देउवाले समेट्ने आश्वासन दिएपछि उक्त पद स्विकारेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७