तानाशाही हिटलरको क्रुरता र यौनसम्बन्धी गोप्य रहस्य


३ बैशाख २०७५, सोमबार
IMG 6729

काठमाडौं, ३ बैसाख : अप्रिल २० मा जन्मिएका हिटलर विश्वकै सबै भन्दा क्रुर तानाशाही मानिन्छ । बाहिरी दुनियाका लागि हिटलर जति क्रुर थिए, भित्री दुनियाँमा पनि उत्तिकै क्रुर रहेको बताइन्छ ।IMG 6729

अमेरिकी एक संस्थाको एक रिर्पोट अनुसार यौन सम्बन्धको मालिनामा उनी कुनै खलनायक भन्दा कम थिएनन्। हिटलरका यौन सम्बन्धको बारेमा केही यस्ता कुरा छन् जो तपाइलाई विश्वास नै नलाग्न सक्छ । एक इतिहासकारले उनको बारेमा लेखेको जीवनीमा हिटलरले वेश्यावृद्धीमा लागेका व्यक्तिसँग यौन सम्बन्ध बनाउने गरेको उल्लेख छ । उनी कम उमेर र किशोरीसँग यौन सम्बन्ध राख्न उत्साहित हुने गरेको कुरा पनि उल्लेख गरिएको छ ।

उनले आफ्नो यौन इच्छा पुरा गर्नका लागि विभिन्न अभिनेत्रीलाई आफूसँग बोलाउथे । केही पत्रपत्रिका र वेबसाइटमा प्रकाशित समाचारका अनुसार हिटलरले सेक्सका लागि अनौंठा अनौंठा हर्कत गर्ने गरेको जर्मनकी एक अभिनेत्रीले खुलासा गरेकी थिइन् । तर उनको १९३७ मा भर्याङबाट लडेर मृत्यु भएको थियो । हिटलरका बारेमा यस्ता समाचार पनि प्रकाशित भएका थिए की उनले पुरुषसँग पनि यौन सम्बन्ध बनाउने गरेका थिए ।

उनी समलिंगी भएको बताइन्छ । एक मिडिया रिर्पोटका अनुसार हिटलर र उनका पुरै सेना समलिंगी भएको मान्न सकिन्छ । उनका जीवनीमा आधारिक केही पुस्तकमा पनि उनी समलिंगी भएको कुरा उल्लेख गरिएको छ । त्यस्तै अर्को रहस्य के थियो भने हिटलरले बच्चाहरुसँग पनि यौन सम्बन्ध राख्ने गर्थे । यहाँसम्मकी उनले आफ्नै भतिजीसँग पनि यौन सम्बन्ध राखेका थिए । पछि यो रहस्य बाहिर आउने खतरा भएपछि उनले आफ्नै भतिजीको पनि हत्या गरेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७