सिरियामा नौ जना टर्कीस् सैनिक मारिए


३ बैशाख २०७५, सोमबार
tarkish army dead

अङ्कारा, ३ वैशाख (रासस/सिन्ह्वा) । उत्तरपश्चिमी सिरियाको आफ्रिन प्रान्तमा नौ जना सैनिक मारिएका छन् भने अरु १३ जना घाइते भएका छन् ।tarkish army dead

उक्त क्षेत्रमा सोमबार बिहान भएको एक झडपमा परी नौ जना टर्कीस् सैनिक मारिएका बताइएको छ । टर्कीको सैनिक स्रोतले बिहीबार सो जानकारी दिएको समाचारमा उल्लेख छ ।

सो क्षेत्रमा त्यहाँका स्थानीय विद्रोही र टर्कीस् सैनिकबीच भिडन्त भएको थियो । यस झडपको विस्तृत समाचार प्राप्त भएको छैन ।

टर्कीको सेनाले प्रकाशन गरेको विज्ञप्तिअनुसार टर्कीस् सेनाको ‘ओपसन ओलिभ ब्रान्च’ले सिरियाको आफ्रिनमा सुरु गरेको कारबाहीको क्रममा ज्यान गुमाउने सैनिकको संख्या ५० पुगेको बताइएको छ ।

सो क्षेत्रमा केही दिनयतादेखि टर्कीको सेनाले हवाई कारबाही पनि गर्ने गरेको समाचारमा जनाइएको छ । सिरियमा गत शनिबार अमेरिकी नेतृत्वमा फ्रान्स र बेलायती सेनाले पनि आक्रमण गरेको थियो ।

तर सो आक्रमण कतै लक्षित नभई सिरियाली सैनिकले भण्डारण गरेको भनिएको रासायनिक हतियारको भण्डारणस्थलमा केन्द्रित भएको अमेरिकी अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७