यी हुन् विश्वकै खुङ्खार हत्यारा, पढ्दै पर्नु हुन्छ छक्क


४ बैशाख २०७५, मंगलवार
ki1

काठमाडौं, ४ बैसाख : विकिनी सिरियल किलरका नामले चर्चित चाल्र्स शोभराज अहिले नेपालमा जेल जीवन बिताइरहेका छन् । फ्रान्सका नागरिक भए पनि उनीसँग नेपाली, मेलेसियन, थाई र भारतीय नागरिकता पनि रहेको बताइन्छ । शोभराजको हत्या गर्ने तरिकाबारे फिल्म पनि बनाइएका छन् । तर, संसारमा शोभराज जस्ता सिरियल किलर धेरै जन्मिए । जानिराख्नुहोस् विश्वमै खुंखार मानिने ६ सिरियल किलरका कथाः

रोडनी अल्काला 

ki1
अमेरिकी रोडनी अल्काला डेटिङ गेम किलरका नामले चर्चित व्यक्ति हुन् । ७० को दशकमा उनले टेलिभिजनमा एउटा डेटिङ गेम शो जिते । यसवापत उनलाई एक युवतीसँग डेटिङ जाने मौका मिल्यो । तर, ती युवतीले रोडनीसँग डेटिङ जान अस्विकार गरिन् । यसपछि उनी एकाएक हत्याराका रुपमा उदाए । युवती तथा महिलाको हत्या गर्न शुरु गरे । ८ हत्या पुष्टि नै भयो भने १३० जनाको हत्या गरेको अनुमान छ । उनी हत्या गर्ने व्यक्तिको घाँटीमा केही चिनो रहने गरी हत्या गर्थे । घाँटीमा हातले अँचेट्नु भन्दाअघि हात कमजोर गराई दिन्थे । उनी एकै पटकमा हत्या गर्दैनथे । पटक–पटक घाँटी अँचेट्दै र छोड्दै गरेर लामो यातनापछि हत्या गर्थे ।

चाल्र्स अलब्राइट

k2 

चाल्र्स अलब्राइट पनि अमेरिकी हत्यारा हुन् । उनी आइबल किलरका नामले चिनिन्छन् । हत्यापछि आँखा निकालेर फालिदिने स्वभाव भएकाले उनलाई आइबल किलर भनिकएको हो । उनी एक मानसिक रोगी नै थिए । बाल्यकालदेखि नै मानसिक बिकृति देखिएपछि उनले जनावर पनि मार्थे । किशोरावस्थामा सानातिना अपराध गरे । जवानभएपछि वेश्याबृत्तिमा संलग्न हुने र घटनास्थलमै उनीहरुको हत्या गरेर आँखा निकाल्ने गर्न थाले ।

कोलिन आयरल्याण्ड k3

सन् १९९३ मा इंगल्याण्डमा समलिंगी पुरुषबीच भएको एक हत्याकाण्ड चर्चित थियो । कोलिन आयरल्याण्ड नामका ब्रिटिस सिरियल किलरको नाम त्यतिखेर बाहिर आयो । दुईवटा बिहे गरेका उनी सिरियल किलर थिए । कोलिन हत्या गरेपछि लाससँगै अंग्रेजी अंक ९६९०को पोजिसनमा दुईवटा टेडी बियर राखिदिन्थे, यसैगरी छातीमा एउटा गुडिया पनि । सन् २०१२ मा उनको मृत्यु भयो ।

डेनिस रेडर k4

अमेरिकी सिरियल किलर डेनिस रेडरको हत्या गर्ने तरिका अझै बेग्लै छ । पहिले व्यक्तिलाई अन्धो बनाउने अनि निकै यातना दिएर मार्ने डेनिसको तरिका हो । सन् १९७४ देखि १९९१ को बीचमा मात्रै उनले १० हत्या गरे । डेनिस सिधै कसैको घरभित्र छिर्थे अनि व्यक्तिलाई डोरीले बाँधेर लडाउँथे । त्यसपछि आँखामा पट्टी बाँधेर निकै यातना दिई मार्थे । एउटा घटनामा उनलाई डिएनए जाँच गरेरै दोषी करार गरियो । ७२ वर्षीय डेनिस त्यसपछि जिवनभरका लागि काराबास छन् ।

जोन जर्ज k5

जोन जर्जले ४० को दशकमा इङ्ल्याण्डमा कम्तिमा पनि ६ हत्या गरेका थिए । जोनलाई एसिड बाथ किलर भनिन्थ्यो । व्यक्ति मारेपछि शरीरमा सल्फ्युुरिक एसिड खन्याई दिन्थे । यसपछि शवको मासु र केही हड्डी पनि गल्थ्यो तर, दाँतलगायत केही हड्डी गल्दैनथ्यो । यि हड्डीको बिक्री गर्ने र पैसा कमाउने कामका लागि जोन सिरियल किलर बनेका थिए । उनको अपराध पुष्टि भएपछि फासी दिइएको थियो ।

रिचर्ड रोजर k6

न्यूयोर्कका रिचर्ड रोजरलाई लास्ट कल किलर भनेर चिनिन्छ । ९० को दशकमा गे बार बन्द हुनुभन्दा ठीकअघि उनी आफ्नो शिकारको खोजीमा हुन्थे । रिचर्डको हत्या रोजाईमा ४० वर्ष आसपासका समलिंगी पुरुष पर्थे । पहिले चक्कुले गोपेर मार्ने अनि शरीर टुक्रा बारेर तीनवटा ब्यागमा भरेर छाडिदिने तरिका अपनाउथे । एउटा ब्यागमा टाउको, अर्कोमा हात र शरीरको भाग तथा अर्कोमा खुट्टा राख्थे । अहिले ८३ वर्षका रिचार्ड जेल जीवन बिताउँदै छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७