बेलायती राजकुमार ह्यारी–मेगानले आफ्नो विहेमा गोर्खाहरुलाई दिए ‘विशेष’ निम्तो


५ बैशाख २०७५, बुधबार
harry with gurkha

काठमाडौं, ५ बैसाख : बेलायती राजकुमार ह्यारी र अमेरिकी नायिका मेगान मर्केलबीच १९ मेमा हुन लागेको बैवाहिक समारोहमा गोर्खाहरुलाई समेत विशेष आमन्त्रण गरिएको छ ।harry with gurkha

फोकस्टनस्थित रोयल गोर्खा राइफल्स, फस्ट बटालियनका अढाइ सय बढी सदस्यहरुलाई निम्ता गरिएको जनाइएको । राजकुमार हयारीले उक्त बटालियनसँग सन् २००७ मा अफगानिस्तानमा सँगै काम गरेका थिए । राजकुमार हयारीले गोर्खाहरुसँग आफ्नो भावनात्मक सम्वन्ध रहेको बताउँदै आएका छन् । हयारीले केही समयअघि आफू गोर्खा भर्तीमा जान इच्छुक भए पनि समय नमिलेर त्यो अवसर गुमेको खुलासा गरेका थिए । ३३ वर्षीय राजकुमार हयारी र ३६ वर्षीया मेगान मर्केलबीच महिना दिनपछि १९ मे शनिबार विन्सोर क्यासलको सेन्ट जोर्ज च्यापलमा बिवाह हुँदैछ । केन्जिङटन प्यालेसले गत नोभेम्बर २८ मा बिवाह मिति र स्थान सार्वजनिक गर्दै बिवाह खर्च शाही परिवारले बेहोर्ने स्पष्ट पारेको थियो ।harry and meghan

बकिङहम प्यालेसका प्रवक्ताले राजकुमार हयारीका लागि उक्त युनिटले विशेष अर्थ राख्ने बताएका छन् । ‘राजकुमार हयारी र मर्केल आफ्नो बिवाह समारोहमा आम्र्ड फोर्सेसले विशेष भूमिका निर्वाह गर्ने भएकाले खुशी छन्’, ती प्रवक्ताले भनेका छन् । बिवाह समारोहमा २५० भन्दा बढी आम्र्ड फोर्सेस सदस्यहरुले ‘सेरेमोनियल ड्युटी’ गर्ने बताइएको छ । बिवाह स्थान विन्सोर क्यासल वरपर सडकमा गोर्खा र अन्य सैनिकहरु पंक्तिवद्ध रहने छन् ।

दरबार स्रोतलाई उदृत गर्दै बेलायती अखबारहरुले जनाए अनुसार बिवाह समारोहमा राजनीतिज्ञको सट्टा स्वयम्सेवक, स्थानीय दुई स्कुलका बालबालिका र द रोयल हाउसहोल्डका पाँच सय समेत गरी २ हजार ६४० जनालाई निमन्त्रणा गरिएको जनाइएको छ । आमन्त्रित अतिथिहरुको ह्यारी र मेगनमध्ये कि दुवै, नभए एक जनासँग प्रत्यक्ष सम्बन्ध छ । उक्त दम्पत्तिले आफ्नो बिवाहमा उपहार ल्याउनुको सट्टा कुनै च्यारिटी संस्थालाई दान गर्न समेत भनेको जनाइएको छ ।

29harry span 600 1842018084507

बकिङहम प्यालेसस्थित द लर्ड च्याम्बरलेन अफिसले ह्यारीका निजी सचिव इडवार्ड लेन फक्सको मार्गदर्शनमा राजकीय बिवाहको दायित्व वहन गर्दैछ । क्यान्टरबरीका आर्चबीसप जस्टिन वेल्बीले हयारी र मर्केलको बिवाह गराउने कार्यक्रम छ । दि टेलिग्राफका अनुसार, बिवाह उत्सवमा बेलायती प्रधानमन्त्री टेरेजा मे, प्रतिपक्ष लेबर पार्टीका नेता जेरेमी कोरबीन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा, ओबामा पत्नीलगायत कोही पनि राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिज्ञलाई बोलाइएको छैन् ।prince harry nepal 3 1

सेन्ट जोर्ज च्यापल तुलनात्मक रुपमा सानो र हयारी राजगद्दीको पाँचौं पंक्तिमा रहेकाले पनि राजनीतिज्ञलाई प्राथमिकतामा नराखिएको हो । यसैबीच, हयारी र मर्केलले बिवाहपछि हनिमुनका लागि अफ्रिकी मुलुक नामिबिया रोजेको अखबारहरुले जनाएका छन् । हयारीले विगतमा पनि अफ्रिका मनपर्ने मुलुक भएको बताउँदै त्यहाँ बारम्बार भ्रमण गर्ने गरेका थिए । उनी राइनो कन्जरभेसन बोत्सवानाको संरक्षक समेत हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७