अाजकाे राशिफल-वि.सं. २०७५ साल वैशाख ७ गते


७ बैशाख २०७५, शुक्रबार
rashifal today

पञ्चाङ्ग

वि.सं. २०७५ साल वैशाख ७ गते। शुक्रबार। इश्वी सन् २०१८ अप्रिल २० तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– पञ्चमी, २३:१७ बजेउप्रान्त षष्ठी। नक्षत्र– मृगशिरा, २३:४५ बजेउप्रान्त आर्द्रा। योग– शोभन, १३:४९ बजेउप्रान्त अतिगण्ड। करण– वव, १२:२५ बजेदेखि वालव, २३:१७ बजेउप्रान्त कौलव। आनन्दादिमा मानस योग। चन्द्रराशि– वृष, १२:३१ बजेउप्रान्त मिथुन। काठमाडौंमा सूर्योदय– ५:३७ बजे, सूर्यास्त– १८:३१ बजे र दिनमान ३२ घडी १४ पला। श्री आद्यशंकराचार्य जयन्ती। श्रीरामानुजाचार्य जयन्ती।

मेष

ic sodiac 2

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमाइलो यात्राको योग रहेको छ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला ।

बृष

ic sodiac 3

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मिथुन

ic sodiac 4

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोटपटकको भयछ सचेत रहनुहोला ।

कर्कट

ic sodiac 5

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेकोे र ताकेको कार्य पुरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

सिंह

ic sodiac 6

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कन्या

ic sodiac 7

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रमणीय र सुखद यात्राको योग छ । दैनिक कार्यमा प्रगती हुनेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

तुला

ic sodiac 8

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आर्थिक कारोवारमा मन्दी आउनेछ । मनमा दुविधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

बृश्चिक

ic sodiac 9

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

धनु

ic sodiac 10

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बहुमुल्य वस्तु हात पर्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

मकर

ic sodiac 11

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

कुम्भ

ic sodiac 12

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा बिवाद आउनेछ । नजिक व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

मीन

ic sodiac 13

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमणीय र सुखद यात्राको योग छ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । धार्मिक यात्राको योगछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । – ज्यो.प.नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७