‘फ्यान’को चेतावनीयुक्त चिठी आएपछि घर सर्दै प्रियंका कार्की


८ बैशाख २०७५, शनिबार
priyanka karki

काठमाडौं, ८ बैशाख । नायिका प्रियंका कार्कीलाई एक ‘फ्यान’ले चेतावनी युक्त चिठि लेखेका छन् । उक्क व्यक्तिले नायिका कार्कीलाई माया गर्ने तर पटक–पटक भेटन खोज्दा पनि नभेटेकी भन्दै अब राम्रो नहुने चेतावनी दिएका हुन् । priyanka karki

उनले घरमा अपरिचित व्यक्तिहरु भेट्न भन्दै धेरै आउने गरेको बताएकी छिन् । त्यही आउने मध्येका एक जनाले उनलाई चेतावनी दिएका हुन् । उनले लेखेका छन्,‘म तिमिीलाई धेरै माया गर्छु । तर, मैले पटक/पटक प्रयास गर्दा पनि तिमीले भेट गर्न चाहिनौ । अब यसको नतिजा राम्रो हुनेछैन ।’

आफूलाई फ्यान बताउने ती व्यक्ति बारम्बार घरमा आएपछि प्रियंकाका बाबुले आइन्दा नआउन सम्झाए पनि टेरेनन् । चेतावनी पूर्ण चिठीपछि चिन्तित बनेकाे उनकाे परिवार फेरी दुख दिन सक्ने बुझेर बाबुले कमल पोखरी प्रहरीलाई स्ट्यान्डबाई राखेको छन् ।

पहिले नै छोड्ने तयारीमा रहेको उनको परिवार चेतावनीपछि अब चाँडै सर्न लागेका छन् । उनी ज्ञानेश्वरमा रहेको पुख्र्यौली घरमा परिवार सहित बस्दै आएकी छिन् । घर साँघुरो भएको महसुस गरेर २/३ वर्षदेखि प्रियंकाको परिवारले अन्यत्र घर खोजिरहेको थियो ।

उनले नयाँ सर्न लागेको ठाउँ भने कसैलाई नबताउने बताएकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७