गरिब कामदार ठग्ने बायोमेट्रिक र जीएसजी खारेज होला ?


८ बैशाख २०७५, शनिबार
gobinda thapaliya

काठमाडौं, ८ बैशाख । ‘सेलिब्रेटी’ मन्त्रीको बिडो थाम्न श्रम मन्त्री गोकर्ण बिष्टलाई निकै मुस्किल पर्दै गएको छ । मापदण्ड अनुसार भइरहेको ४ देशको श्रम सहचारी नियुक्ति प्रक्रिया बीचमै रोकिन पुगेको छ ।

gobinda thapaliya
गोविन्द थपलिया र कैलाश खड्का ।

श्रम सहचारी नियुक्तिको सबै प्रक्रिया सकेर अन्तिममा कार्ययोजना प्रस्तुतीकै दिन गएको चैत १२ गते बिहान अकस्मात रोकिएको थियो । उनले मन्त्री भएको केही दिनमै बैदेशिक रोजगारका क्षेत्रमा मलेसिया जाने कामदारसँग बायोमेट्रिक लगायतका नाममा लिइरहेको अवैधानिक रकम असुली रोक्ने प्रतिबद्धता जनाएका थिए । तर प्रतिबद्धता जनाएको १ महिनासम्म पनि बायोमेट्रिक खारेज गरेका छैनन् । मलेसिया जाने कामदारसँग बायोमेट्रिक र जीएसजीका नाममा ठूलो रकम ठगी हुने गरेको छ ।
बायोमेट्रिकका कैलाश खड्का र जीएसजीका गोविन्द थपलियाहरुले गरिब नेपाली कामदारसँग अवैधानिक रुपमा करोडौं करोड असुली गर्न छुट पाएका छन् । सिन्डिकेट गैरकानुनी हो, तर बायोमेट्रिक र जीएसजीका नाममा भइरहेको सिन्डिकेट र कामदार ठगी मन्त्री बिष्टले खारेज गर्न सकेका छैनन् । रेमिटेन्स भित्र्याएर देशको अर्थतन्त्रलाई टेको दिइरहेका म्यानपावर ब्यवसायीलाई अपराधीलाई झैं ब्यवहार गर्ने र त्यही ब्यवहार हिरोइज्मका नाममा मिडियामा छपाउन लगाएर मन्त्री रमाइरहेका छन् ।

बायोमेट्रिकका दलाल कैलाश खड्काबाट पुष्पगुच्छा लिने तर सही नै भए पनि कुनै कुरा राख्न आउँदा म्यानपावर ब्यवसायीलाई अपराधीलाई झैं ब्यवहार प्रदर्शन गरेको गुनासो ब्यवसायीहरुको छ । सुशील कोइराला सरकारका श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले लागू गरेको अवैधानिक बायोमेट्रिकका कारण २६ सयमा स्वास्थ्य परीक्षण गराउँदै मलेसिया जाने कामदारले १८ हजार ४ सय ८० तिर्नुपर्ने भएको छ । बायोमेट्रिक स्वास्थ्य परीक्षण मलेसिया सरकारकै भन्ने भ्रम दिइएको छ, तर मलेसिया गएपछि ३ महिनाभित्र पुनः त्यहाँ अर्को स्वास्थ्य परीक्षण गराइन्छ । त्यसमा फेल भए कामदार फिर्ता हुन्छ ।

बायोमेट्रिक र जीएसजी मलेसियाकै आधिकारिक भनेपछि किन ३ महिनाभित्र मलेसियामा अर्को स्वास्थ्य परीक्षण हुन्छ रु त्यसको जवाफ कसैसँग छैन । कमिसनको जालोका कारण विगतका मन्त्रीहरु टेकबहादुर गुरुङ, दीपक बोहरा, सूर्यमान गुरुङ सबैलाई बायोमेट्रिक र जीएसजीका खड्का र थपलियाहरुले करोडौंको ब्रिफकेस बुझाएर यस्तो ठगीधन्दा चलाउँदैआएका छन् । तर यसरी कामदार ठगी गर्ने बायोमेट्रिक र जीएसजी खारेज गर्न मन्त्री बिष्टले बिलम्ब गर्दा उनी पनि कानै चिरेका जोगी त होइनन् भन्ने आशंका गर्नेहरुलाई बल मिलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७