मन्त्री पण्डितद्वारा सरकारी कार्यालयमा अनुगमन, डिल्लीबजार मालपोतमा ९ जना छड्केमा


९ बैशाख २०७५, आईतवार
Lalbabu side check 21

काठमाडौँ, ९ वैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जनसम्पर्क हुने कार्यालयमा सेवाप्रवाहमा ढिलासुस्ती गरेको गुनासो आउन थालेपछि आइतबार मालपोत कार्यालय डिल्लीबजारको छड्के गरेका छन् ।Lalbabu side check 21
मन्त्री पण्डित, संघीय मामिला मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ, मन्त्री पण्डितका स्वकीय सचिव वासिम आलम सम्मिलित टोली बिहान १०.२० बजे मालपोत कार्यालय डिल्लीबजारमा पुग्दा ९ जना कर्मचारी अनुपस्थित रहेका थिए । मन्त्री छड्केमा पुगिसकेपछि २ जना कर्मचारी आइपुगेका थिए ।

कतिपय कर्मचारी लामो समयसम्म स्वीकृति नै नलिई बिदामा बसेको समेत पाइएको थियो । पत्रकारसहितको टोली लिएर अनुगमनमा निस्किएका मज्त्री पण्डितले कार्यालयमा समयमा अनुपस्थित हुने कर्मचारीलाई विभागीय कारबाही गर्न निर्देशन दिएका थिए ।

उनले जनताको काम नगर्नेलाई कारबाही हुने बताउँदै सामान्य प्रशासन मन्त्रालयको सिसी क्यामराको आँखाले जुनसुकै कार्यालयको निगरानी गरिरहे समेत बताए । ‘जनताको काममा ढिलासुस्ती नगर्नुहोला । अनुगमन गर्नुको उद्देश्य जनसम्पर्क हुने कार्यालयमा सेवाप्रवाह चुस्तदुरुस्त गर्ने हो’, उनले भने ।

अनुगमनका क्रममा डिल्लीबजार मालपोत कार्यालयका कामु प्रमुख केशव न्यौपानेले कर्मचारी अपुग भएको गुनासो गरे । यस्तै मन्त्री पण्डितलाई सर्भर बिग्रिरहने भएकाले अनलाइन सिस्टमले काम नगर्दा ढिलासुस्ती हुने गरेको बताएका थिए ।
कार्यालयका कायम मुकायम प्रमुख केशवप्रसाद न्यौपानेलाई मन्त्री पण्डितले कार्यालयको कामकाज सन्तोषजनक नदेखिएका कार्यालय सञ्चालनको जिम्मेवारी समेत पुरा नभएको बताउँदै आवश्यक व्यवस्थापन र कारबाहीका लागि सम्बन्धित मन्त्रालय र विभागमा पत्राचार गर्न निर्देशन दिए ।

उनले अनुगमनपछि पत्रकारहरूसँग कुरा गर्दे कार्यालयको कामकाज सन्तोषजनक नदेखिएको बताए । उनले अनुपस्थित कर्मचारीको विवरण उपलब्ध गराउन समेत निर्देशन दिएको बताए ।

Lalbabu side check 15

‘जनगुनासो आएपछि, एकपल्ट चेकमा जाऊ न त भनेर छड्केमा आऔँ, आइसकेपछि समय मै कार्यालय सुचारु नभएको पाइयो, आवश्यक निर्देशन पनि दिएको छु, थप निर्देशन पनि दिनेछु ।’ उनले भने,‘राष्ट्रसेवकलाई सहज सरलरुपमा काम गराउन र नगरेका लाई विभागीय कारबाही पनि व्यवस्था पनि गर्छु र सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउँछु ।’

मन्त्री पण्डितले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने सबै जनतालाई पत्रकारहरूलाई समेत आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७