नेपाली आकाशमा आज राति उल्का वर्षा हुने


९ बैशाख २०७५, आईतवार
ulkabarsaaa

काठमाडौं, ९ वैशाख । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले आज (आइतबार) राति नेपाली आकाशमा उल्का वर्षा हुने जनाएको छ ।ulkabarsaaa

मौसम अनुकूल भएमा आज राति एकै पटक १५ देखि २० वटासम्म उल्का खसेको देख्न सकिने बताइएको छ । आज राति १ बजेदेखि भोलि बिहान सूर्योदयसम्म उल्का बर्षा देख्न सकिने सोसाइटीले जनाएको छ ।

वैशाख ५ गतेदेखि नै बीणा उल्का वर्षा अर्थात् लाइरिङ मिटियोर सावर सक्रिय छ । यो १२ गतेसम्म सक्रिय रहने छ । पुच्छ्रेताराले छाडेका धूलोका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हुँदा उल्का बर्षा देखिन्छ । उल्का वर्षा नाङ्गो आँखाले पनि देख्न सकिने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७