काबुलमा आत्मघाती बम विष्फोट, ३१ बढीको मृत्यु


९ बैशाख २०७५, आईतवार
kabul

काठमाडौं, ९ वैशाख । अफगानिस्तानको राजधानी काबुल नजिकै रहेको एउटा मतदाता नामावली दर्ता केन्द्रमा आत्मघाती बम विष्फोट हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ ।kabul

नामावली दर्ता केन्द्रको ढोकामा मानिसहरुको भिड लागेकै बेला भएको विष्फोटमा परी ५० जनाभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । चरमपन्थी समूह इस्लामिक स्टेटले घटनाको जिम्मेवारी लिएको छ । यसै महिना हुने संसदीय निर्वाचनका लागि गएको अक्टोबरबाट अफगानिस्तानमा मतदाता नामावली दर्ता कार्यक्रम भइरहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७