गर्भमा छोरी भएको सुइँको पाएपछि १८ वर्षीया श्रीमतीको हत्या


९ बैशाख २०७५, आईतवार

जनकपुर, ९ बैसाख । गर्भ परीक्षण गराउँदा छोरी भएको थाहा पाएपछि धनुषामा एक महिलाको हत्या गरिएको छ ।
गणेशमान चारनाथ नगरपालिका–१० डुमरीयाका शिवनाथ दास र ज्ञानीदेवी दासकी १८ वर्षीया छोरी अञ्जली दासको श्रीमानबाट हत्या भएको भन्दै परिवारजनले मुद्दा दर्ताको प्रक्रिया शुरु गरेका छन् । मृतक अञ्जली ६ महिनाकी गर्भवती थिइन् । 20180422042359 anjalidevi das

अञ्जलीको विवाह ११ महिनाअघि जिल्लाको सबैला नगरपालिका–१ खरियानीका चर्तुभुज दासको २२ वर्षीय छोरा दिपेन्द्र दाससँग भएको थियो । सामाजिक रितीरिवाजअनुसार तीन छोरीमध्ये जेठी अञ्जलीको बिहेमा शिवनाथले कर्जा लिएर करीब चार लाख खर्चेका थिए । विदेशबाट कमाएर आएका ज्वाइलाई बिहेमा दाइजोस्वरुप मोटरसाइकल, गरगहना र केही रकम पनि दिइयो तर, बिहे भएको एक वर्ष नबित्दै अञ्जलीको हत्या भएको कुरा अभिभावकको लागि पत्याउनै नसक्ने घटना भएको छ ।

जिल्ला अदालत धनुषाको प्रांगणमा आइतबार अधिवक्तासँग जाहेरी लेखाउन आएका शिवनाथ र मृतककी आमा ज्ञानी बोल्नै नसक्ने अवस्थामा थिए । ज्ञानीले रुदैं भनिन्, ‘पेटमा बच्चा आएदेखि छोरीको दशा लागेको थियो ।’ अन्जली गर्भवती भएपछि उनका श्रीमानले गर्भपरीक्षण गराएका थिए । गर्भ परीक्षण गर्दा छोरी भएको थाहा पाएपछि उनलाई रक्सी खाएर कुटपीट गर्ने र गाली गलौज गर्दै आएको जनाइएको छ ।

एकमहिना अघि मात्रै अञ्जलीलाई रक्सीको झोकमा श्रीमानले अत्याधिक कुटपिट गरेका थिए । दिदीको आँखा सुन्निएको थियो, मुखमा डाँम थियो उनी एक महिनादेखि माइतीमै बस्दै आएको भाइ प्रविण दासले बताए । वैशाख ६ गते दिपेन्द्र ससुराली आएर श्रीमतीलाई घर लाने भन्दै जिद्दी गरे ।

अञ्जलीले पासो लगाएको भनिए पनि उनको शरीरभरी निलडाम देखिएको छ । उनको आत्महत्या होइन् हत्या हो, बुवा शिवनाथले भने । यता, जनकपुर अञ्चल अस्पतालमा मृतकको शव परीक्षणका लागि ल्याइए पनि परीक्षणपश्चात् आमाबुवालाई जिम्मा नलाई घर पक्षलाई जिम्मा लगाइयो र दुई, तीन घण्टाभित्रै उनको अन्तिम संस्कार गरियो, घटनालाई ढाकछोप गर्न सक्दो प्रयास गरिएको छ,’महिला अधिकारकर्मी मुन्नी दासले बताइन् । आफ्नो छोरीले आत्महत्या नगरेर उसको हत्या गरिएको हो भन्दै मृतकका अभिभावकले प्रहरीसमक्ष कर्तव्य ज्यान मुद्दा दर्ता गराउने तयारी गरेका छन् । मृतकका श्रीमान् हाल फरार छन् ।

‘छोरीको घर जाने मन थिएन्, जबरजस्ती लग्यो, आमा ज्ञानीले भनिन् । ७ गते बिहानै अञ्जली श्रीमानसँग मोटरसाइकलमा बसेर घर गइन् । सोही साँझ उनको हत्या भयो । आफूलाई प्रहरीले फोन गरेर तपाईको छोरीले पासो लगाएर आत्महत्या गरिन् भन्दै जानकारी गरायो, मृतकका फूपू रामअधिन दासले बताए । हामीलाई ज्वाइले वा अञ्जलीका ससुराले उनको मृत्युको विषयमा कुनै जानकारी गराएन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७