घरेलु मैदानमा पनि दिल्ली पराजित, सन्दीपलाई छैटौं खेलमा पनि खेलाइएन


११ बैशाख २०७५, मंगलवार
sandeepa Lamichhane dilli daredevils

काठमाडौं, ११ वैशाख। इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयरडेभिल्स किंग्स इलाभेन पञ्जाबसँग घरेलु मैदानमा पनि पराजित भएको छ । दिल्लीको फिरोज शाह कोटला मैदानमा भएको खेलमा दिल्ली पन्जाबसँग ४ रनले पराजित भएको हो ।
टस हारेर व्याटिङ गरेको पन्जाबले १ सय ४४ रनको बनाएको थियो । मध्यम लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रनमा समेटिएपछि पराजित भयो ।DILL

अन्तिम ओभरमा दिल्लीलाई जितका लागि १७ रन आवश्यक थियो । श्रेयस एयर र अमित मिश्रा क्रिजमा थिए । पहिलो बल एरले डट खेले । दोस्रो बलमा छक्का प्रहार गर्दै खेलमा फर्किने लक्षण देखाएको दिल्लीले तेस्रो बल डट खेल्यो । चौथो बलमा २ रन बनाएका एयरले पाँचौ बलमा चौका प्रहार गरे ।

अन्तिम बलमा जितका लागि दिल्लीलाई ६ रनको आवश्यकता थियो । तर, त्यहि बलमा विकेट गुमाउँदै दिल्ली पराजित भयो ।
उसका लागि श्रेयस एयरले अर्धशतक बनाए पनि अन्य ब्याट्सम्यानले घरेलु मैदानमा उल्लेख प्रदर्शन गर्न सकेनन् । श्रेयसले ४५ बलमा ५७ रन बनाएका थिए । राहुल टिवाटियाले २४, पृथ्वी शाहले २२ र ग्लेन म्याक्सवेलले १२ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।

पन्जाबको लागि अंकित राजपूत, एन्ड्रयू टे र मुजिब उर रहमानले समान २–२ तथा वरिन्द्र श्रनले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन मध्यम स्कोर बनाएको थियो।

उसका लागि करून नायरले ३४, डेभिड मिल्नरले २६, लोकेश राहुलले २३, मयंक अग्रवालले २१, युवराज सिंहले १४ रन जोडेका थिए। दिल्लीसँगको खेलमा क्रिश गेललाई आराम दिइएको थियो।

दिल्लीका लागि लियम प्लङकेटल ३, ट्रेन्ट बोल्ट र अभेष खानले समान २ तथा डानियल क्रिस्टियनले १ विकेट लिएका थिए ।
आफूले खेलेका ६ मध्ये ५ खेल जितेको पञ्जाब १० अंकसहित शीर्ष स्थानमा हुँदा पुछारमा रहेको दिल्लीले ६ मध्ये ५ खेल गुमाएको छ ।

सन्दीप छैटौं खेलमा पनि मौका पाएनन्
नेपाली खेलाडी सन्दीप लामिछानेले दिल्लीको छैटौं खेलमा पनि अवसर दिएन । घरेलु मैदानमा नेपाली बलर सन्दीप लामिछानेलाई उतार्ने आशा गरिएको थियो । sandeepa Lamichhane dilli daredevils

दिल्लीको घरेलु मैदान फिरोज शाह कोटला रंगशाला स्पिनरमैत्री भएकाले सन्दीपले खेल्ने सम्भावना निकै रहेको दिल्ली आफैले बताएको थियो । तर सन्दीपलाई खेलाइएन् ।

घरेलु मैदानमा दिल्लीले आफ्नो टिममा व्यापक परिवर्तन गरेको थियो । क्रिस मोरिस तथा जेसोन रोयलाई हटाएर उनीहरुको ठाउँमा ड्यानियल क्रिस्चियन तथा लियम पलङकेटलाई समावेश गरिएको थियो । साथै टिम ११ मा अमित मिश्रा, पृथ्वी शा तथा आवेश खानलाई पनि समावेश गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७