एयर ट्राफिकिङ : जहाजले आकाशमै चक्कर लगाउँदा, यात्रुको जान्छ ‘सातो’


११ बैशाख २०७५, मंगलवार
Nepal Airlines 9N AKW Landing Kathmandu

काठमाडौं, ११ बैसाख । नेपालमा हरेक वर्ष एयर ट्राफिकिङको समस्या चर्को बन्दै गएको छ । विमानको चाप धान्न नसक्दा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एयर ट्राफिकिङको समस्या भोग्दै आइरहेको छ ।yeti airlines 1042018103256

विमानस्थलमा एयर ट्राफिकिङ बढ्दै गएपछि विमानस्थललाई मात्र होइन यात्रुलाई समेत समस्या परिरहेको छ । भनेको समयमा विमान अवतरण नहुँदा यात्रुले जोखिम मोल्नु परिरहेको छ । एयर ट्राफिकिङकै कारण विमान चालकले काठमाडौंलाई आकाशमै चक्कर लगाउनु पर्दा, यात्रुको मन अमिलो हुने गरेको छ । यति मात्र होइन कहिलेकाहीं यस्तो समस्याले दुर्घटना निम्त्याउन सक्ने समेत जानकार बताउँछन् ।nepal airlines

विमानस्थलको टर्मिनल भवन बनेको २८ वर्ष पूरा भईसकेको छ । २० वर्षसम्म नेपालको हवाई यातायातको चाप थेग्न सक्ने आंकलनका साथ बनाइएको टर्मिनल भवन अब कम क्षमताको भईसकेको छ । २०४७ मा बनेको यो भवन पूरानो र क्षमता भन्दा कमको बन्दा समेत त्यसयता बनेका सरकारले यसमा ध्यान पुर्‍याउन सकेको छैन । त्रिभुवन विमानस्थलमा पटक–पटक ठूला दुर्घटना दोहोरिए तर, यो भवन र साँघुरो बन्दै गएको विमानस्थलको विकल्प खोज्नतिर कुनै पनि सरकार लागेको पाइँदैन । त्यसैले एउटा मात्रै धावनमार्गको भरमा दैनिक चार सयभन्दा बढी उडान अवतरण गर्दा विमानस्थल साँघुरो बन्दै गएको छ ।air asiya

ठूलीचौर विकल्प

काठमाडौंको हवाई ट्राफिक चाप घटाउने उपाय खोजी गर्दै जाँदा काभ्रेको ठूलीचौरमा पटक–पटक सम्भाव्यता अध्ययन गरिएको छ । प्राधिकरणका पूर्व महानिर्देशक रतीशचन्द्रलाल सुमनका अनुसार ठूलीचौरमा एटिआर ७२ क्षमतासम्मका जहाज अट्ने गरी आन्तरिक विमानस्थल बनाउन सक्ने सम्भावना अध्ययनले देखाएको थियो ।12 1

तर, तत्कालीन सरकारहरूले यसमा चासो देखाएनन् । अहिले पनि विमानस्थलबाट आन्तरिक उडान सार्न सक्ने विकल्पका रूपमा ठूलीचौरलाई लिइएको छ । तर, अब विमानस्थल बनाउन थाल्ने हो भने पनि कम्तीमा दुई वर्ष लाग्छ । यो विषयमा अहिलेको सरकार पनि अस्पष्ट छ ।१राष्ट्रिय गौरवका आयोजनामा विमानस्थल

सरकारले राष्ट्रिय गौरवका आयोजनामा समावेश गर्दै पोखरा र निजगढमा विमानस्थल निर्माणको काम जारी राखेको छ । तर, विभिन्न अवरोधका कारण यी आयोजनाको काम सोंचे अनुसार चुस्त बन्न सकेको छैन । गौतम बुद्ध विमानस्थल निर्माणको काम जारी रहे पनि यो सकिएको छैन ।

यस्तै निजगढ विमानस्थल पनि पूरा हुन कुर्नै पर्ने अवस्था छ । यी विमानस्थल सञ्चालनमा नआएसम्म त्रिभुवन विमानस्थलको विमान चाप उस्तै रहने देखिन्छ । जसका कारण नेपाल आउने पर्यटकले त्रिभुवन विमानस्थललाई नै एक मात्र विकल्पको रुपमा प्रयोग गर्नु परिरहेको छ । भने एयर ट्राफिकिङको चाप यहि विमानस्थलमा हुने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७