सरकारले मिस नेपालको महत्व बुझेन : मिस नेपाल श्रृंखला खतिवडा


११ बैशाख २०७५, मंगलवार
shrinkhala

मकवानपुर, ११ बैसाख । मिस नेपाल वल्र्ड–२०१८ की विजेता श्रृंखला खतिवडाले सरकारले मिस नेपालको महत्व राम्ररी बुझ्न नसकेको गुनासो गरेकी छन् । उनले मिस नेपालले विश्वमा देशको प्रतिनिधित्व गर्ने भए पनि सरकारले यसलाई कम प्राथमिकता दिंदै आएको बताइन् ।shrinkhalaगृह नगर हेटौंडा सञ्चारकर्मीहरुसँग कुरा गर्दै खतिवडाले सरकारले खेलाडीहरूलाई जस्तै मिस नेपाललाई पनि सहयोग गर्नुपर्नेमा बताइन् । उनले भनिन्, ‘मिस वल्र्डमा श्रृंखला भनेर बोलाइँदैन, मिस नेपाल भनेरै चिनिन्छ,’ उनले थपिन् ‘त्यसलाई बुझेर सरकारले महत्व दिए विश्वभरै राम्रो सन्देश जान्थ्यो र हामीलाई उत्साह मिल्थ्यो ।’

‘मिस वल्र्डमा बालिका बलात्कार, बालबालिका शिक्षा, महिला शिक्षालगायतका धेरै बिषय छन,’ उनले भनिन् ‘दीर्घकालीन प्रभाव पार्ने विषयलाई छनौट गरेर मिस वल्र्डमा प्रस्तुत गर्नेछु ।’ पूर्व मिस नेपाल ईशानी श्रेष्ठले मिस वल्र्डको हालसम्मको ब्यूटी विथ प्रपर्स उपाधिसहित उत्कृष्ट ५ मा पर्न सफल रहेको भन्दै आफूले पनि राम्रो उपलब्धी हासिल गर्न पहल गर्ने बताइन् । मिस नेपाल भएपछि केही उदाहरणीय काम गृह जिल्लामै गर्ने पनि उनले खुलासा गरिन् ।Miss Nepal Shrinkhala Khatiwada

प्रायः सबै मिस नेपाल उपाधि विजेताहरू फिल्मी क्षेत्रमा छन्, तपाईको योजना के छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले फिल्मी क्षेत्रमा कुनै रुची नभएको बताइन् । उनले भनिन्, ‘मेरो रुची नै आर्किटेक्टमा रहेको छ,’ उनले भावी योजनाबारे सुनाउँदै भनिन् ‘मेरो अभिनय र नृत्य राम्रो छैन, त्यसैले रुची, दक्षता नभएकोले फिल्मी क्षेत्रमा आउँने सम्भावना छैन ।’
आमा मुनु र बाबु बिरोध खतिवडा राजनीतिकर्मी भए पनि राजनीतिमा आउनेबारे स्पष्ट बताइनन् ।

उनले राजनीति बुझ्नुपर्ने भन्दै युवामा बितृष्णा भए पनि बुझाइको कमी रहेको बताइन् । राजनीतिमा नबुझी हालेको भोट विकास र प्रगतिको बाधक हुने भन्दै उनले राजनीतिमा लाग्ने खासै रुची नभएको तर्क गरिन् । यसैबीच मिस नेपाल खतिवडाले मंगलबार हेटौंडामा मानवसेवा आश्रममा आश्रित ७५ जना बृद्धबृद्धालाई खाना खुवाएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७