महिनावारीपछि कुन दिनको सेक्स सबैभन्दा सुरक्षित ?


११ बैशाख २०७५, मंगलवार

काठमाडौं, ११ बैसाख ।  महिनावारी हुनुअघि र भएपछिका केही निश्चित दिनमा यौन सम्पर्क गर्नाले गर्भ रहँदैन भन्ने पूरानो मान्यता छ । जसलाई अहिलेका आधुनिक अनुसन्धानले समेत पुष्टि गरेको छ । त्यसैले विज्ञहरुले परिवार नियोजनको एउटा विकल्प अर्थात ‘सेफ सेक्स पिरियड’ भनेर मानेका पनि छन् । आज हामीले त्यहि कुरामा चर्चा गर्दैछौँ, कुन दिनको सेक्स सुरक्षित हुन्छ ?

१) महिनावारी भएको पहिलो सात दिन : महिनावारी भएको पहिलो सात दिन सुरक्षित पिरियड हो । तर, यो बेला महिला शारीरीक र मानसिक रुपले पनि यौन सम्पर्क गर्नु राम्रो मानिंदैन् । त्यसैले यो बेलामा यौन सम्पर्क नगरेको राम्रो ।

२) महिनावारीपछि आठौँ, नवौँ र दशौं दिन : यी दिनमा साधन विना गरिने सेक्स तुलनात्मक रुपमा सुरक्षित मानिन्छ । अनुसन्धानकर्ताहरुले यी दिनमा गरिने यौन सम्पर्कका बेला गर्भरहने सम्भावना कम अर्थात ४० देखि ६० प्रतिशत मात्रै रहने बताउने गरेका छन् ।

३) महिनावारी भएको ११ देखि १६ दिन : साधन विना गरिने यो बेलाको यौन सम्पर्कले गर्भ रहने सम्भावना अत्यधिक हुन्छ । विज्ञहरुले डिम्व बाहिर आएर बस्ने भएकोले यो बेलामा हुने साधन बिनाको यौन सम्पर्कले गर्भ रहने सम्भावना ८० प्रतिशतसम्म रहने बताउँछन् ।

४) १७ देखि १९ दिन : साधन विना गरिने यौन सम्पर्कमा गर्भरहने सम्भावना कम त रहन्छ तर, ढुक्कै चाहि हुँदैन । विज्ञहरुले यसबेला पनि गर्भ रहने सम्भावना ४० देखि ६० प्रतिशत रहने बताउँछन् ।

५) २० देखि महिनावारी नहुँदासम्मको दिन : यसबेला साधन विना गरिने यौन सम्पर्कले अरु बेलाको तुलनामा सबैभन्दा सुरक्षित मानिन्छ । अर्थात विज्ञहरुले यतिवेला साधन विना गरिने यौन सम्पर्कले गर्भ रहने सम्भावना शून्य देखि ५ प्रतिशत मात्रै रहन्छ ।

विभिन्न अनुसन्धानले सुरक्षित र असुरक्षित समय र दिन तोके पनि सबैमा यो लागू हुन्छ भन्ने छैन् । शून्यदेखि ५ प्रतिशत सम्भावना जहिले पनि रहन्छ । त्यसैले परिवार नियोजनको भरपर्दो साधन अपनाउनु सबैभन्दा भरपर्दो हुन्छ । अर्को कुरा सेफ सेक्स भनेको गर्भ नरहने समयलाई संकेत गरिएको हो । यसले एचआइभी एड्स तथा अन्य यौन रोगको सम्भावनालाई रोक्न सक्दैन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७