बलात्कार गर्न खोज्नेको महिलाले फुटाई दिइन् अण्डकोष, ठाउँको ठाउँ गयो ज्यान


११ बैशाख २०७५, मंगलवार
rape 1

दाङ, ११ बैसाख । दाङमा एक महिलाले आफूमाथि बलात्कार गर्न खोज्ने पुरुषको अण्डकोष फुटाई दिएर हत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका–१५ कि ४० वर्षीया एक महिलाको आक्रमणबाट स्थानीय ६४ वर्षीय रोबरबहादुर खत्रीको ठाउँको ठाउँ ज्यान गएको छ ।rape 1

खत्रीले बलात्कारको प्रयास गरेपछि लात्तीले हिर्काउँदा अण्डकोषमा लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार खत्री वैशाख ९ गते राति १ देखि डेढ बजेको बीचमा गुट्खा किन्ने बहानामा पसल पुगेका थिए । उनले गुट्खा किनेपछि आफूलाई तिर्खा लागेको बताएर महिलाको कोठामा गएका थिए । त्यही क्रममा खत्रीले ती महिलालाई बलात्कार प्रयास गरेको जनाइएको छ ।

‘राति सामान किन्ने बहाना बनाएर पसलमा गएको र फेरि पानी खाने भनेर कोठामा प्रवेश गरेर जबरजस्ती करणी गर्न खोजेपछि महिलाले संवेदनशील अङ्गमा लात्तीले हान्दा मृत्यु भएको भन्ने बुझिएको छ’ इलाका प्रहरी कार्यालय तुल्सीपुरका डीएसपी प्रकाश सापकोटाले भने । यद्यपि मृतक खत्रीका परिवारले भने हत्या भएको भन्दै जाहेरी दिएपछि प्रहरीले ती महिलालाई हिरासतमा लिएको छ । ‘मृतकका परिवारले कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएपछि महिलालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेका छौं’ उनले भने ‘यो विषय सतित्व रक्षा अन्तर्गत पर्ने वा नपर्ने सम्मानित अदालतले टुंगो लगाउँला ।’

के होला कानुनी व्यवस्था ?

मुलुकी ऐन जबरजस्ती करणीको ८ नम्बर अनुसार जबरजस्ती करणी गर्ने मनसायले कसैले जोर जुलुम गरेमा महिलाले आत्मरक्षाका लागि हतियार चलाउँदा ज्यान मर्न गएको ठहरिए कुनै सजाय भोग्नु पर्दैन ।

उक्त दफामा भनिएको छ ‘कसैले आफूलाई जबरजस्ती करणी गर्ने मनसायलई बन्धक गरी वा हातपात, छेकथुन, बाँध छाँद आक्रमण इत्यादि जोर जुलुम गर्न लागेकोमा कुनै महिलाले त्यस्तो जुम्लीको पञ्जाबाट उम्की भागी आफूलाई करणी गर्नबाट रोक्न नसक्ने विश्वास भएमा वा विश्वास गर्नुपर्ने मनासिव कारण भएमा र तत्काल कसैको संरक्षण वा मद्दत उपलब्ध हुने वा हुन सक्ने अवस्था नभएमा र त्यस्तो जुम्लीलाई आफ्ना अक्कल वर्कतले सक्नेसम्म उपाय तत्काल केही नगरे आफूमाथि करणी हुनेसम्मको ठूलो डर, त्रास परी करणी लिन नपाउँदै वा उसै बखत, आफ्नो जोढबल पुग्गन नसक्नेमा करणी लिइसकेपछि पनि सोही कुराको रिस थाम्न नसकी उसैबखत करणी लिएकै थलामा वा लपेट्दै गई हतियार लाठो, ढुङ्गा इत्यादि केही चलाई ज्यान मर्न गएको ठहरे वात लाग्दैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७