राप्रपाका ‘सन्यासी’ नेता पौडेल ठगी आरोपमा पक्राउ, गोल्डक्वेस्टले गड्बड गर्न सिकायो


११ बैशाख २०७५, मंगलवार
pushpa

काठमाडौं, ११ बैसाख । राप्रपाका केन्द्रीय सदस्य एवं धार्मिक संगठन नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुष भनिने पुष्पराज पौडेल ठगी आरोपमा पक्राउ परेका छन् ।pushpa

पौडेलसहित सुनसरीको धरान–९ घर भइ काठमाडौं–१० मा बस्दै आएका ५९ वर्षीय गोकुल श्रेष्ठ पनि समातिएका छन् । उनीहरुलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । दुवैलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेर ठगी मुद्दामा म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिएका छन् । अर्काको नाममा भएको जग्गालाई नक्कली लालपूर्जा देखाएर कीर्ते कागजात खडा गरी उनीहरुले ८ करोड ३७ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

एउटा ठगी लुकाउन अर्को ठगी

एक समय नेटवर्किङ व्यवसायका नाममा ठगी गरेर उधुम मच्चाएको गोल्ड क्वेष्ट इन्टरनेशनलबाट पीडित बनेर कार्बाहीको माग गर्दै गठन भएको संघर्ष समितिका संयोजक थिए, पुष्पराज पौडेल । त्यस दौरान उनले न त आफ्नो गुमेको पैसा फिर्ता पाए, न त ठगीमा संलग्नमाथि कार्वाही नै भयो । बरु उल्टै पौडेल पनि अर्को नेटवर्किङ व्यवसायतिरै अकषिर्त भए । अनि हर्वो इन्टरनेशनल नामक नेटवर्किङ व्यवसायको हर्ताकर्ता बने । तर, उनको यो धन्दा लामो समय टिकेन । हर्वोको धन्दा सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मार्‍यो । हर्वोको नाममा भएको करोडौं ठगी भइरहेको भन्दै प्रहरीले पौडेलको कारोबारमा प्रतिवन्ध लगायो ।

उनीहरुले ‘हाम्रो ग्रुप’ लाई दिनुपर्ने रकम बापतको भन्दै पर्साको मनियारी–७ को कित्ता नं. ७४१ को १६ कठ्ठा साढे ३ धुर जग्गा रजिष्ट्रेशन पास गरी दिने भनी माइन्यूट गराएको प्रहरीमा दिइएको जाहेरीमा उल्लेख छ । नेटवर्किङमा असफल भएपछि पौडेलले बत्तीसपुतलीमा केही समय जयसंगत नामको आश्रम खोले । सोही क्रममा उनले श्रमान नामको चलचित्र बनाएर त्यसमा श्रीमानको भूमिका समेत खेले । सबै कर्मबाट असफल भनेपछि सन्यासी बनेर हिँड्न थालेका पौडेल पछिल्लो समय ललितपुरको महालक्ष्मी नगरपालिका, लामाटारस्थित जयसंगत आश्रममा बस्दै आएका थिए ।

यसरी खुल्यो पोल

पर्सामा ८ करोड ३७ लाख रुपैयाँ मूल्याङ्कन गरिएको जग्गा दिएपछि पौडेल कम्पनीबाट अलग्गिए । त्यसपछि बनेको नयाँ समितिले ‘हाम्रो ग्रुप अफ कम्पनी’ को नाम परिवर्तन गरेर ‘गोर्खा ग्रुरुप अफ कम्पनी’ बनायो । पछिल्लो समय कम्पनीमा प्रोजेक्टहरु थप गर्ने सिलसिलामा सञ्चालक समिति सदस्य कुमार रम्तेललाई जग्गा भएको ठाउँको ट्रेस, नक्सा र चार किल्ला बुझ्न पठाउँदा पौडेलको कर्तुत आफूहरुलाई थाहा भएको पीडितको जाहेरीमा उल्लेख छ । पौडेलले दिएको भनेको जग्गा अस्थित्वमै नरहेको पाइएको भन्दै पीडितले गरेका उजुरीका आधारमा अन्ततः पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७