बुद्ध एयरले थप्दै फेरि नयाँ विमान


११ बैशाख २०७५, मंगलवार
Bhudhha Air lines

काठमाडाैं, ११ बैशाख । निजी क्षेत्रको सबैभन्दा ठुलो विमान सेवा प्रदायक कम्पनी बुद्ध एयरले ७२ सिट क्षमताको थप एटिआर–७२ जहाज भित्र्याउन लागेको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अनुमति पनि  प्राप्त गरिसकेको छ ।Bhudhha Air lines

एटिआर–७२ विमान जुन महिनाको दोस्रो साता काठमाडौँ आइपुग्ने भएकाे हाे ।  एटीआरका अन्य विमानजस्तै यसमा पनि फराकिला सिट र लगेजका लागि पर्याप्त ठाउँ उपलब्ध हुनेछ । वातावरणीय तथा ध्वनि प्रदूषणको हिसाबले एटीआर जहाज निकै किफायती मानिन्छ ।

काठमाडौँको त्रिभुवन विमानस्थलमा दिनानुदिन बढ्दो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरट्राफिकका कारण विशेषता घरेलु उडानहरू समयमै उडान भर्न अप्ठ्यारो परिरहेको छ । यसबाट यात्रुसहित विमान कम्पनीलाई पनि निकै समस्या परेको छ । उडान ढिला हुनुमा अर्को मुख्य कारण खराब मौसम पनि हो ।

नयाँ जहाज आइसकेपछि अन्य विमानहरूको नियमित मर्मतसम्भार तथा उडानहरू परिचालन गर्न निकै सहज हुने कम्पनीले प्रेस विज्ञप्तिमा जनाएको छ ।

प्रदेश नं. २ को राजविराज विमानस्थलको स्तरोन्नती लगभग पूरा हुन लागेको छ । त्यहाँ विमानलाई तेल भर्नको लागि पनि बुद्ध एयरले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । आवश्यक तयारीपछि बुद्ध एयरले एटीआर विमानबाट परीक्षण उडान भर्नेछ ।

जहाज आएपछि कम्पनीसँग ११ वटा जहाज हुनेछन् जसमा ७२ सिट क्षमताका ६ वटा एटिआर ७२–५००, ४२ सिट क्षमताका ३ वटा एटिआर ४२–३२० र १८ सिट क्षमताका २ वटा बीचक्राफ्ट १९०० डी रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७